
कोरोनाको दोश्रो संक्रमण बढेपनि केही चलचित्रको छायांकन भने सुरु भएको छ । सोमबारबाट चलचित्र ‘बाबरी’सँगै ‘प्रेमगन्ज’ नामक चलचित्रको पनि छायांकन सुरु भएको छ ।
यो चलचित्रको छायांकन काभ्रेबाट सुरु भएको हो । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेका चलचित्रलाई ४० दिनसम्म खिचिने निर्माणपक्षले बताएको छ ।चलचित्रलाई काभ्रेसँगै काठमाडौंमा पनि खिचिनेछ ।
यो चलचित्रमा नायिका बेनिशा हमालको साथमा कलाकारहरु तेज गिरी, सुप्रिया खनाल, ,राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्दैछन् ।
यो चलचित्रमा संजय लामाको छायांकन, राजु फुयाँलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4