+
+

जनस्वास्थ्य मापदण्ड पालना गराउन सप्तरीका सिडिओको अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १९:१२

१२ वैशाख, सप्तरी । सरकारद्वारा तोकिएको जनस्वास्थ्य मापदण्डलाई पालना गराउन सप्तरीका प्रमुख जिल्ला अधिकारी स्वयंले अग्रसरता देखाएका छन् ।

कोरोनाको संक्रमण दिनदिनै फैलिरहँदा पनि मास्क नलगाई हिंड्ने प्रवृत्ति बढेपछि प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल सदरमुकाम राजविराजसहित पूर्व पश्चिम राजमार्गमा गएर मास्क लगाए-नलगाएको अनुगमन गरेका छन् ।

सुरक्षा अधिकारीसहित अनुगमनमा निस्केका उनले राजविराजका पसल तथा बाटोबाट हिंडने बटुवालाई मास्क लगाउन आग्रह गर्दै नलगाउनेलाई नयाँ मास्क उपलब्ध गराएका छन् ।

यस्तै, पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनीमा सार्वजनिक तथा निजी सवारी साधनलाई रोकेर मास्क लगाए-नलगाएको बारेमा प्रमुख जिल्ला अधिकारी पोखरेलले अनुगमन गरेका छन् ।

मास्क नलगाई सवारी चलाउँदै र यात्रा गर्दै आएकालाई आगामी दिनमा मास्क विना यात्रा नगर्न सचेत गराउँदै उनीहरुलाई मास्क समेत वितरण गरिएको पोखरेलले बताए ।

उनका अनुसार एक हजारभन्दा बढी व्यक्ति मास्क नलगाएको अवस्थामा फेला परेको र उनीहरु सबैलाई स्वास्थ्य कार्यालयको सहयोगमा मास्क दिंदै सचेत गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?