+
+

धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु, कैलालीमा निषेधाज्ञा लम्बाउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते ७:०१

१९ वैशाख, धनगढी । धनगढीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३ की ३८ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले श्वासप्रश्वास सम्बन्धी समस्या भएकी ती महिलाको कडा खालको निमोनियाका कारण मृत्यु भएको जानकारी दिए ।

यसअघि शनिबार सेती अस्पतालमा उपचाररत अन्य तीनजना संक्रमितको पनि मृत्यु भएको थियो ।्

निषेधाज्ञा लम्ब्याउने निर्णय

यसैबीच शनिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कैलालीमा जारी निषेधाज्ञाको अवधी बढाउने निर्णय गरेको छ ।

वैशाख १६ गतेदेखि २२ गतेसम्म लागु हुने गरी जारी गरेको निषेधाज्ञाको अवधी लम्ब्याएर वैशाख ३० गतेसम्म पु¥याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरसको जोखिम कम भएका चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका बाहेकका सबै पालिकामा वैशाख ३० गतेसम्म निषेधाज्ञा कायम रहनेछ ।

यस्तै बैठकले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर वैशाख २० गतेदेखि बैंक तथा वित्तीय संस्था बिहान ९ देखि साढे ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ भने एउटा संस्थाले दिनमा एउटा शाखाबाट मात्र सेवा दिन पाउने छ ।

अत्यावश्यक बाहेकका सबै सेवाप्रवाह गर्ने सरकारी निकायमा कार्यरत कर्मचारी आवश्यक परेका बखतमात्र काममा आउने गरी आलोपालो व्यवस्था मिलाउन समेत निर्देशन दिइएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?