
२३ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको हो ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको छ । अधिवेशन सुरु हुनुअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको हो ।
प्रवक्ता पाण्डेले बुधबार गरिएको स्वाब परीक्षणको एकीकृत रिपोर्ट आइनसकेको बताएका छन् ।
संक्रमित सांसदलाई संसद बैठकमा बस्ने व्यवस्था गर्ने वा नगर्ने र प्रधानमन्त्रीले विश्वासको मत माग्दा मत व्यक्त गर्ने व्यवस्था कसरी मिलाउने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4