Comments Add Comment

भाइबरमा ग्रुप भिडियो कलमा ३० जनासम्म जोडिन सक्ने

३ मे, काठमाडौँ । स्थानीय समुदायहरुलाई सहायता प्रदान गर्ने उद्देश्यबाट अभिप्रेरित निःशुल्क र सुरक्षित सञ्चारको माध्यम अग्रणी मेसेजिङ्ग एप भाइबरमा विश्वभर एकै कलमा ३० जनासम्म सहभागीहरुले एकैपल्ट सामुहिक भिडियो कल गर्न सक्ने  गरी क्षमता विस्तार गर्दै लगिने उद्घोष गरेको छ ।

नयाँ नर्मल र लक डाउनको भयावह अवस्थाहरुको युगमा एसिया भर विस्तार गरिएको अधिकतम ३० जनासम्म प्रयोगकर्ताहरुको क्षमता बढाइएको ग्रुप भिडियो कल विद्यालयमा र कक्षा पछिका शैक्षिक परामर्शहरुका लागि सही समाधान बनेको छ ।

‘भाइबर नेपालमा अत्यन्त लोकपि्रय मेसेजिङ्ग एप हो, र हामी निरन्तर रुपमा हाम्रो प्लेटर्फमहरुको बेग्लै स्तरोन्नति गर्न कार्य गरिरहेका छौं, जसले गर्दा हामी हाम्रा नेपाली प्रयोगकर्ताहरुसँग उनीहरुका हरेक अवसरहरुमा सम्भव भएसम्म सान्दर्भिक हुन सक्नेछौं । हामीलाई विश्वास छ हाम्रो भिडियो कल क्षमतामा गरिएको क्रमिक विस्तारले गर्दा धेरैजना मानिसहरु एकअर्कासँग सम्पर्कमा रहन सक्छन्र उनीहरुको उत्पादनशील सहकार्यलाई अनलाइन्जारी राख्न सक्नेछन्,’ राकुटेन भाइबरका सिजिओआना जमेंन्स्कायाले भने ।

‘ग्रुप भिडियो कल आरम्भ गर्न प्रयोगकर्तालेयतिमात्र गरे पुग्छः स्क्रिनको माथि भएको भिडियो बटन थिच्नुहोस्, वा चलिरहेको भिडियो कलमा अन्य सहभागीहरु जोड्नुहोस् वा भैरहेका समुहलाई सिधा कल गर्नुहोस्र सहभागीहरु रोज्नुहोस् । साथीभाइहरु, परिवारका सदस्यहरु र सहकर्मीहरुलाई हेर्दै कुरा गरेर रमाउनुहोस् ,’ कम्पनीले भनेको छ ।

भाइबरले नेपालमा गरेको एउटा स्वेच्छिक मत सर्भेक्षणमा यो बताएका छन् कि १२ प्रतिशत सहभागीहरुले उनीहरुले यस वर्ष विद्यालयको दौरान शैक्षिक सम्बद्ध कार्यहरुका लागि भाइबर प्रयोग गरेका छन् । २८.७१ प्रतिशत सहभागीहरुले साथीहरुसँगको भेट्नका लागि भाइबरको ग्रुप भिडियो कल अत्यन्त प्रभावकारी माध्यम भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment