+
+

उदयपुरमा जेठ ७ गतेसम्‍म निषेधाज्ञा थप

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १३:२३

३१  वैशाख, काठमाडौँ । उदयपुरमा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्‍ने राख्‍ने निर्णय गरिएको छ ।

यसअघि वैशाख २४ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरिएको थियो । कोरोना संक्रमणको फैलावट रोक्न आगामी जेठ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाईले जानकारी दिए ।

यस्तै बिहीबारको समितिको बैठकले अत्‍यावश्‍यक बाहेकका काममा घर बाहिर निसक्न तथा हिडडूल गर्न, मन्दिर, गुम्बा, चैत्य विहार, मस्जिद, चर्च आदिमा सामूहिक भेला हुन, सामूहिक रूपमा आश्रय लिइ बस्‍न तथा सामूहिक रूपमा भेला हुने खालका कुनै पनि किसिमका कार्यक्रम गर्न बन्द गरेको छ ।

अत्यावश्‍यक खाद्य सामग्री, तरकारी, फलफूल, औषधि (भेटनरी समेत) र स्वास्थ्य सामग्रीका पसल व्‍यवसाय बाहेक अन्‍य पसल व्‍यवसाय पनि बन्द गर्ने र सञ्‍चालन गर्न पाउने पसल व्‍यवसायले प्रत्‍येक दिन विहान ६ बजेदेखि १० बजेसम्‍म मात्र खोल्‍न पाउने जारी अध्‍यादेशमा उल्लेख छ ।

यस्तै सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्‍चालन गर्न रोक लगाइएको छ भने खाद्यवस्तु, पेट्रोलियम पदार्थ, पानी तथा अत्यावश्‍यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरूवा ( बढीमा २ जना) बोकेको एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्‍य सवारी साधन जिल्लामा प्रवेश बन्द गरेको छ ।

त्यस्तै सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी/नगराइ सञ्‍चालन अनुमति प्राप्त सवारी साधन समेत चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी सेडाइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?