+
+

दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते ९:५८

४ जेठ, सुर्खेत । दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जीप दुल्लु नगरपालिका–३, सियालामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार दुर्घटनामा परी जीप चालक जुम्लाको गुटिचौर गाउँपालिका–४, का ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको हो ।

दुईजना मात्रै सवार जीप मंगलबार बिहान साढे ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो जीप कर्णाली राजमार्गबाट करीब ५०० मिटर तल खसेको छ ।

घटनाको अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?