+
+

बेलायतले सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते ९:४३

१४ जेठ, काठमाडौं । बेलायत सरकारले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

२६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री शुक्रबार बिहान चार्टर्ड उडानबाट काठमाडौं ल्याइएको हो ।

ती सामग्रीहरु शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूतत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सोही उडानबाट च्यारिटी संस्था नेपाल मेड युकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?