+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

आयुर्वेद शिक्षण अस्पताललाई रोटरी क्लब अफ ललितपुर मध्यनगरको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ६ गते २०:४६

काठमाडौं- रोटरी क्लब अफ ललितपुर मध्यनगरले आयुर्वेद शिक्षण अस्पताललाई तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

कोभिड १९ विरुद्ध सक्रिय उक्त अस्पतालका स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त सहयोग गरिएको हो। उक्त क्लबका सदस्यहरुले आइतबार उक्त स्वास्थ्य सामाग्री अस्पतालका अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

अस्पताललाई तीन तह भएको पिपिइ सेट, सर्जिकल मास्क, सर्जिकल ग्लोभ्स, एन ९५ मास्क, सर्जिकल गाउन र हाउस ग्लोभ्स प्रदान गरिएको हो।

सामाग्री हस्तान्तरणपछि क्लका अध्यक्ष राजेश खड्काले कोभिड १९ विरुद्ध सक्रिय सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षाका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

उनले भने, ‘यी स्वास्थ्य सामाग्री सहयोग गर्न पाउँदा हामीले गर्व महशुस गरेका छौं। स्वास्थ्यकर्मीले अरुको स्वास्थ्यको ख्याल गरिरहँदा आफू पनि सुरक्षित हुन यसले सहयोग पुर्‍याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?