Comments Add Comment

पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सबइन्जिनियरहरु पक्राउ

११ असार, काठमाडौं । आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउँसो उनीहरुलाई माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको हो ।

बबरमहलबाट प्रदर्शन गर्दै उनीहरु माइतीघर मण्डला आइपुगेका थिए । माइतीघर मण्डलामा आइपुगेलगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो ।

असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब–इन्जिनियरहरु ‘राष्ट्रिय पुनर्निर्माण प्रधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’को नामबाट आन्दोलनमा उत्रिएका छन् ।

शिक्षा मन्त्रालयमा २०३६ सालदेखि कार्यरत ३२० इन्जिनियरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो । असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनियर र सब–इन्जिनियर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि कर्मचारीहरु रुष्ट छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चन्द्रबहादुर आले

ट्रेन्डिङ

Advertisment