+
+

गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ११ गते १८:५०

११ असार, गुल्मी । गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सत्यवती गाउँपालिका-१ अस्लेवाचौर घर भएका ३७ वर्षीय यमलाल कुँवरको करेन्ट लागेर शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा जडान गरिएको विधुत मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएको उनलाई रिडी प्राथमिक स्वास्थ केन्द्र लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?