
१७ असार, काठमाडौं । सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले कोभिड–१९ का बिरामीहरुका लागि आवश्यक पर्ने ६५ थान बाइप्याप भेन्टिलेटर सहयोग गरेको छ ।
वेस्टर्न डिजिटलमा कार्यरत नेपाली र लभ पेनाङ नेटवर्कको सहकार्यमा सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले ६५ थान बाइप्याप भेन्टिलेटर बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
जनउद्धार केन्द्रको सद्भावना दूतको रुपमा रहेका हास्यकलाकार मनोज गजुरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई उक्त भेन्टिलेटर सहयोग हस्तान्तरण गरेका हुन् ।
सहयोगबाट प्राप्त भएका भेन्टिलेटर आवश्यकता हेरेर जिल्ला अस्पतालहरुका लागि पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4