+
+
Shares

सात प्रदेशका सरकारी अस्पताललाई विशिष्टीकृत स्वास्थ्य केन्द्रमा रूपान्तरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सात प्रदेशका सरकारी अस्पताललाई विशिष्टीकृत स्वास्थ्य केन्द्रमा रूपान्तरण गर्ने घोषणा गरेको छ ।
  • अर्थमन्त्री वाग्लेले भने, \'सातै वटा प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने भएको छ ।\'
  • सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानीयोग्य स्रोत स्वास्थ्य पूर्वाधारमा परिचालन गर्ने भएको छ ।

१५ जेठ, काठमाडौं । सरकारले सात प्रदेशका सरकारी अस्पताललाई विशिष्टीकृत स्वास्थ्य केन्द्रमा रूपान्तरण गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

वाग्ले भने, ‘सातै वटा प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने भएको छ ।’

त्यसैगरी कर्मचारी सजयकोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवामा परिचालन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?