+
+
Shares

कर्णाली र सुदूरपश्चिममा गुणस्तरीय टेलिफोन सेवा विस्तार गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन तथा नेटवर्क सेवा विस्तार गर्ने भएको छ ।
  • विभिन्न सरकारी मुद्रण संरचनाहरूलाई गाभेर एकीकृत सुरक्षा मुद्रण संस्थान स्थापना गरिने भएको छ ।
  • दूरसञ्चार क्षेत्र सुधारका लागि यस वर्ष संसद्‍मा दूरसञ्चार प्राधिकरण विधेयक पेस गरिने भएको छ ।

१५ जेठ, काठमाडौं । सरकारले कर्णाली र सुदूरपश्चिमका भू-भागमा गुणस्तरीय टेलिफोन सेवा विस्तार गर्ने भएको छ ।

नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउने घोषणा सरकारले गरेको हो ।

‘नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउने छौँ,’ अर्थमन्त्री वाग्लेले बजेट भाषणमा भनेका छन्, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क सेवा विस्तार गरिनेछ ।’

योसँगै सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एकआपसमा गाभी एकीकृत सुरक्षा मुद्रण संस्थानको स्थापना गर्ने अर्थमन्त्री वाग्लेले बताएका छन् ।

यस्तै, दूरसञ्चार क्षेत्रका लागि यसवर्ष दूरसञ्चार प्राधिकरण विधेयक संसद्‍मा पेस हुने प्रतिबद्धता पनि वाग्लेले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?