+
+

अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता गराउने प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते १२:३०

१९ असार, काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने प्रयास गरेका छन् ।

दुई नेता आ–आफ्नो अडानमा रहँदा पार्टी फुटतर्फ उन्मुख भएपछि दोस्रो तहका नेताहरुले सम्वाद गराउन प्रयास गरेका हुन् । आइतबार विहान ओली पक्षका नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता नेपालको निवास पुगेका थिए । नेपाल पक्षका नेता घनश्याम भुसाल पनि उपस्थित भए ।

नेताहरुले नेपाललाई अध्यक्ष ओलीसँग भेटेर कुरा गर्न आग्रह गरेका छन् ।

माधवकुमार नेपाल समूहका नेता घनश्याम भुसालले शनिबार पनि अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी गराएका थिए । तर कुनै सहमति भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?