+
+

कालीकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते ८:५९

२२ असार, सुर्खेत । कालीकोटको रास्कोट नगरपालिका-७ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

रास्कोटबाट मान्मा जाँदै गरेको क१ज २३ नम्बरको जीप रोटेकालापानीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए ।

एसएसपी चन्दका अनुसार दुर्घटनामा परी रास्कोट नगरपालिका -३ की ३५ वर्षीया पम्फा फडेराको मृत्यु भएको हो । मंगलबार बिहान भएको दुर्घटनामा अन्य  चार जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जीपमा १४ जना यात्रु सवार थिए ।

घटनास्थलबाट घाइतेहरुको उद्धार गरी सामान्य उपचारपछि घर पठाइसकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी भिरालो र चिप्लो बाटोका कारण सडक छेउमा पल्टिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?