+
+

राप्रपाले बनायो बुद्धिमान तामाङको संयोजकत्वमा वार्ता समिति

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २३ गते १९:३३

२३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचारधारा भएका समूह र व्यक्तिहरुसँग वार्ता गर्नका लागि वार्ता समिति गठन गरेको छ ।

राप्रपा केन्द्रीय विशेष समितिको बैठकले बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गठन गरेको हो । समितिको सदस्यमा जगत गौचन र ऋषिबाबु परियार रहेका छन् ।

यसैगरी बैठकले उद्धव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । आर्थिक समितिलाई आर्थिक क्षेत्रसम्बन्धी अन्तरक्रिया कार्यक्रमको जिम्मेवारी दिएको छ ।

यस्तै बुद्धिजीवीहरुसँग अन्तरक्रिया गर्नका लागि भुवन पाठकको संयोजकत्वमा प्राध्यापक डा. जयन्तनाथ खनाल र प्राध्यापक डा. यादवप्रसाद ढुंगाना रहेको आयोजक समिति पनि गठन गरिएको राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?