+
+
Shares

ठूला दलले जेनजी भावनाको अपमान गरे : राप्रपा नेता बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते २१:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजाराम बर्तौलाले ठूला दलले जेनजी आन्दोलनको भावनाको अपमान गरेको बताएका छन्।
  • बर्तौलाले जेनजी आन्दोलन भ्रष्टतन्त्र र भ्रष्ट व्यवस्थाको अन्त्यका लागि भएको तर पूरा नभएको बताए।
  • राप्रपा नेपाल मकवानपुरको बैठकले पार्टीलाई निर्वाचनकेन्द्रित बनाउने निर्णय गरेको छ।

२२ पुस, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजाराम बर्तौलाले ठूला भनिएका राजनीतिक दलले जेनजी आन्दोलनको भावनाको अपमान गरेको बताएका छन् ।

जेनजी आन्दोलनले आमूल परिवर्तन चाहेको भए पनि ठूला दलले त्यसलाई रोक्ने काम गरिरहेको उनको भनाइ छ ।

राप्रपा नेपाल मकवानपुुरको अन्तिम बैठकलाई मंगलबार सम्बोधन गर्दै तत्कालीन महामन्त्री बर्तौलाले भने, ‘जेनजीको आन्दोलन भ्रष्टतन्त्र र भ्रष्ट व्यवस्थाको अन्त्यका लागि थियो । तर, त्यो पूरा भएन ।’

ठूला दलले जेनजी आन्दोलनको भावनामाथि कुठाराघात गरिरहेको भन्दै उनले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोक्नेहरूले जेनजी आन्दोलनको मर्म बुझ्न नसक्ने उनको दाबी छ ।

नेता बर्तौलाले मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकाले कार्यकर्ताको भावना अनुसार नै राप्रपा र राप्रपा नेपाल एक भएको बताए । गुरुप्रसाद सापकोटाको अध्यक्षतामा भएको बैठकले पार्टीलाई निर्वाचनकेन्द्रित बनाउने निर्णय गरेको भ्रृगु कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?