+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जेठमै ल्याउनुपर्ने ८० हजार मेट्रिक टन मल आएन, यो वर्ष पनि अभाव हुने चिन्ता

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ असार २४ गते २०:१०

२४ असार, काठमाडौं । रासायनिक मल ल्याउने ठेक्का पाएको कम्पनीले समयमै आपूर्ति गर्न नसक्दा यस वर्ष पनि मलको अभाव हुने देखिएको छ ।

असार र साउनमा किसानले पाउने गरी ८० हजार मेट्रिक टन मल खरिद गर्न ३ अर्ब ८३ करोड, ८२ लाख ७५ हजार रुपैयाँमा ठेक्का पाएको जोशी बिज प्रालिले समयमै मल ल्याउन नसकेको कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।

जोशी बिज सेन्टरले कृषि सामाग्री कम्पनीबाट ६० हजार मेट्रिक टन युरिया र साल्ट ट्रेडिङबाट २० हजार मेट्रिक टन डीएपी ल्याउन ठेक्का पाएको थियो । उसलाई मल ल्याउन दिएको जेठ ३१ गतेको समय गुज्रिसकेको छ । समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनीले कारबाही प्रक्रिया अघि बढाएको छ भने साल्ट ट्रेडिङले तीन महिना म्याद थप गरिदिएको छ ।

जोशी बिज प्रालिले ६० हजार मेट्रिक टन युरिया मेट्रिक टन ३५२ डलरको दरले खरिद गर्न दुई अर्ब ५२ करोड ८२ लाख ७५ हजार रुपैयाँमा कृषि सामग्री कम्पनीबाट ठेक्का पाएको थियो ।

जेठ ३१ गतेसम्म मल आपूर्ति नगरेपछि कारबाही गरेर करिब १२ करोड धरौटी जफत र कालोसूचीमा राख्न सिफारिस गर्न कम्पनीले प्रक्रिया अघि बढाएको सूचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए । त्यसविरुद्ध ठेकदार कम्पनीले दिएको रिटमा सर्वोच्चले असार ६ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

जोशी बिजले तोकिएको समयमा मल नल्याउँदा साउन पछि नै मल अभाव हुने कम्पनीले जनाएको छ । धानका लागि जसोतसो पुगे पनि गहुँ र तरकारीका लागि भने मल नपुग्ने कम्पनीको चिन्ता छ ।

साल्ट ट्रेडिङले थपिदियो ३ महिना

कृषि सामग्री कम्पनीबाट ठेक्का पाएर मल नल्याएको जोशी बिज सेन्टरले २० हजार मेट्रिक टन डीएपी मल प्रति मेट्रिक टन ५५० अमेरिकी डलरमा ल्याउन एक अर्ब ३१ करोड रुपैयाँमा ठेक्का पाएको थियो । तर उसले साल्ट ट्रेडिङको ठेक्कामा पनि मल ल्याउने समय गुजारेको छ । तर उसलाई साल्ट ट्रेडिङले थप ३ महिनाको समय दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मलको भाउ बढेको र नयाँ ठेक्कामा जाँदा सरकारलाई नोक्सान हुने भएकाले कारबाही नगरी समय थपेर मल ल्याउन प्रोत्साहित गरिएको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमारराज भण्डारीले जानकारी दिए ।

मल आपूर्तिमा भएको बिलम्बबारे प्रश्न गर्दा ठेकदार कम्पनीका अधिकारीले प्रतिक्रिया दिन मानेनन् । कम्पनीका प्रमुख राजेन्द्रभक्त श्रेष्ठले टेलिफोन फोन उठाए तर आफू कम्पनीको प्रतिनिधि नभएको भन्दै पन्छिन खोजे । ‘तपाईंले के खोज्नुभएको प्रश्न भन्नुस् म सम्बन्धित व्यक्तिलाई जवाफ दिन भनुँला,’ उनले भने ।

तपाईं नै मल आपूर्तिकर्ता कम्पनीको सञ्चालक होइन भन्ने प्रश्नमा उनले कम्पनीको मानिसलाई आफूले चिनेको जवाफ दिए ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?