+
+

प्रध्यापक संगठनद्वारा मध्‍यपश्‍चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते १८:५३

३१ असार, कर्णाली। नेपाल राष्ट्रिय प्राध्यापक संगठनले मध्‍यपश्चिमाञ्चल विश्‍वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।

विभिन्‍न १५ बुँदे मागपत्रको आधारमा वार्ता समिति गठन गरेर वार्तामा डिनको कार्यालयमा बोलाएको तर त्‍यहाँ उपस्थित हुँदा विश्‍वविद्यालयका तर्फबाट कोही उपस्थित नभभइ बेवास्ता गरेको भन्‍दै प्राध्‍यापक संघले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका हुन् ।

प्राध्यापक संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८/०३/२५ गते विभिन्‍न १५ बुँदे माग पत्र पेश गरेको र आज मिति २०७८/०३/३१ दिँउसो १२: १५ मा हाम्रो संगठनलाई वार्ताका लागि आह्‍वान गरेको आधारमा संगठनले ३ सदस्‍यीय वार्तासमिति गठन गरी वार्ता स्थल केन्द्रीय कार्यालयको व्‍यवस्थापन संकायको डिन कार्यालयमा तोकिएको समयमा उपस्थित हुँदा उक्त समयमा विश्‍वविद्यालयका तर्फबाट गठित वार्ता समितिका कोही पनि उपस्थित नभएकोले हाम्रो संगठनलाई मान हानी, नजरअन्दाज, अपहेलना गर्दै उपेक्षित गरेको हुँदा सो बदनियतपूर्ण कुकृत्यकाविरुद्ध बाध्‍य भएर तालाबन्दी गरिएको जानकारी गराउँदछौं ।’

यस्तै विश्‍वविद्यालयले बेवास्ता गरी अगाडि बढेमा जस्तोसुकै आन्दोलनको कार्यक्रम ल्याउने र त्‍यसको भागीदार स्वयम विश्वविद्यालय हुने संघले जनाएको छ ।

हेर्नुस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?