 
																			३१ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।
शुक्रबार नै दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका उनले त्यसअघि विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएका नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।
सर्वोच्च अदालतको आदेशमा शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् र साउन ३ गतेका लागि संसद अधिवेशन आह्वान भइसकेको छ ।
पार्टीभित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा बैठकमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4