+
+

दार्चुला घटनाको छानविन गर्न गृह मन्त्रालयले बनायो समिति

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते २२:२३

१७ साउन, काठमाडौं । गृह मन्त्रालयले दार्चुलमा तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी वेपत्ता भएको घटनाको छानविन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन् ।

छानविन समितिलाई १० दिनको समय दिइएको छ ।

गत शुक्रबार व्याँस गाउँपालिकाका ३३ वर्षीय धामी दार्चुलास्थित महाकालीमा तुइनबाट तर्ने भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा उनी नदीमा खसेका थिए । तर भारतीय पक्षले भने आफूहरुले तुइन नकाटेको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?