+
+

भाइरल तस्वीरमा देखिएका युवा को हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २१ गते २३:४५
Photo Credit : जुली गिरी

२१ साउन, काठमाडौं । देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गर्यो । मनोहरा सुकुम्बासी बस्तीबाट मूल सडकसम्म निकालिएको जुलुसमा सुकुम्बासीभन्दा युवा संघका नेता कार्यकर्ता धेरै थिए ।

युवा संघको त्यही प्रदर्शनको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
निधारमा कालो फेटा बाँधेका युवाले ‘जमीन त खोसिस् सरकार, नागरिकता पनि खोस् !’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

घाँटीमा भने सुनको ठूलै सिक्री लगाएका छन् । सुकुम्बासीको जुलुसमा सहभागी युवकको घाँटीमा सुनको ठूलै सिक्री देखिएपछि यो तस्वीर निकै ट्रोल भएको छ ।

यही भाइरल तस्वीरमा देखिएका युवक बिहीबार सााँझ अनलाइनखबरको सम्पर्कमा आएका छन् ।

उनको नाम वीरबहादुर श्रेष्ठ (सुमन) हो । सिन्धुलीको कमलामाई नगरपालिका घर भएका उनी हाल कोटेश्वर बस्छन् । उनले आफू सुकुम्बासी नभई युवा संघमा अवद्ध रहेको र पीडितहरूको पक्षमा आवाज उठाउन गएको बताए ।

भूमिसमस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध वा समर्थन गर्नु आफ्नो अधिकार भएको भन्दै उनले भने, ‘म २/४ तोला सुन लगाउँछु, यो मेरो सोख हो । सुन लगाएँ भन्दैमा मैले सुकुम्बासीको पक्षमा बोल्न पाउँदिनँ ? ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?