Comments Add Comment

मनोरञ्जन भिडियो

List Grid
नेपाली फिल्ममा निकै लापरवाही छः शिल्पा मास्के(भिडियो कुराकानी)

हलिउड, बलिउड सिनेमाको अनुभव संगाल्दै नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका शिल्पा मास्के नेपाली चलचित्रको केही कुराबाट खुशी छिन् त केही कुराबाट दिक्क पनि । थोरै मात्र नायिका यस्ता हुन्छन्, जो यहाँको वास्तविकता खुलेर भन्न सक्छन् । शिल्पा त्यही सूचीमा पर्ने एक नायिका हुन् । लण्डनमा बसेर पढेकी शिल्पालाई ‘दि ब्रेकअप’ चलचित्रका लागि मुख्य नायिकामा अफर […]

वर्षालाई प्रश्न–‘मिलन चाम्ससँग प्रेम र बिहेको चर्चा के हो ?’(भिडियो कुराकानी)

नायिका वर्षा सिवाकोटी समय–समयमा प्रेम सम्बन्धको चर्चाले रंगिने गर्छिन् । चलचित्र ‘विर विक्रम २’मा जोडिएसँगै उनको नाम यो चलचित्रका निर्देशक मिलन चाम्ससँग जोडिएको छ । चलचित्र बजारको चर्चालाई मान्ने हो भने वर्षा र मिलन गहिरो प्रेम सम्बन्धमा छन् । चलचित्र बजारमा उनीहरुले चाडै नै बिहे गर्दैछन् भन्ने चर्चा पनि नचलेको होइन । तर, यो बिषयमा […]

ममीलाई अस्पताल लैजान छाडेर डेटिङमा रमाउँदा निरिषाले खाइन् कुटाई(भिडियो कुराकानी)

चैत्र १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जानी नजानी’का मुख्य कलाकार मनिष श्रेष्ठ, निरिषा बस्नेत र नम्रता श्रेष्ठ अहिले चलचित्र प्रचारमा दौडिरहेका छन् । चलचित्र ‘जानी नजानी’ले नेपाली ढाकालाई प्रमोट गरेको चलचित्रका कलाकार बताउँछन् । चलचित्रका मुख्य नायक मनिषले भने–‘यो चलचित्रले ढाकालाई प्रेमसँग जोडेको छ ।’ चलचित्रकी मुख्य नायिका निरिषाले कसैसँग प्रेम पर्यो भने आफूले […]

‘स्टार, मेगास्टार’को ट्याग अस्थायी हो, मेरो नाम नै स्थायी हो’: अनमोल(भिडियो)

नेपाली चलचित्र क्षेत्रमा उदाउँदो क्रममा रहेका नायक अनमोल केसी, छोटो तर स्पष्ट बोल्छन् । उनी अभिनित चलचित्र ‘क्याप्टेन’ फागूण १७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा उनी फुटबल खेलाडी बनेका छन् । उनै, अनमोलले अनलाइनखबरसँग कुरा गर्दै आफ्नो करिअर, विवादको बारेमा स्पष्ट पारेका छन्ः १. तपाइको डेढ महिनाको अन्तरमा २ वटा चलचित्र आउँदैछ, तपाइको हकमा […]

मस्ती टकः सुरक्षालाई छाडेर बर्षातिर किन लागे विपिन ?(भिडियो कुराकानी)

कुराकानीको सुरुवातमै नायिका बर्षा राउतलाई बिहेको बधाई ज्ञापन गर्दै गर्दा नायक विपिन कार्की थोरै चिन्तित देखिए । विपिन, बर्षाले बिहेको कारणले चलचित्रको प्रमोशनमा समय नपाउने हो कि भन्ने चिन्तामा थिए । माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को प्रमोशनमा रहेका कलाकारत्रय विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्त रोमान्टिक पनि देखिए । नायिका सुरक्षा […]

मस्ती टकः सुशिलले सुवेच्छालाई रोजेपछि रिसाइन् सुपुष्पा(भिडियो कुराकानी)

नायक सुशिल सिटौलाका लागि चलचित्र ‘रणवीर’मा काम गर्न सहज थिएन । किनकी, यो चलचित्रको कथा पढ्दा नै उनलाई आफूले गर्न सक्छु जस्तो लागेको थिएन । चलचित्रका लागि उनले १५ केजी तौल बढाएका छन् । यसका लागि उनले दिनमा १० वटा अन्डा र चना खानुपथ्र्यो । खाएर, खासै हिड्न पनि पाउदैनथ्य । सुशिल संझन्छन्–‘मैले यो चलचित्रको […]

मस्ती टकः ‘प्रेमीसँग बिताएका हरेक पल नै रमाइलो’: रेबती र नम्रता(भिडियो कुराकानी)

चलचित्र ‘समर लभ’की नव–नायिका रेवती क्षेत्रीले सुरुमा युटुबमा यसको अडियो सुनेकी थिइन् । चर्चित पुस्तक ‘समर लभ’को अडियो सुनेपछि उनी चलचित्रमा काम गर्न उत्साहित भएकी थिइन् । अहिले चलचित्रको ट्रेलर बजारमा आएपछि उनलाई जताततै ‘साया’ देखिएको भन्दै खुशी लागेको छ । नायिका नम्रता सापकोटाले चलचित्रमा ‘सुस्मिता’को क्यारेक्टर निर्वाहा गरेकी छिन् । यो पुस्तक पढ्दा नै […]

‘प्रेममा छैन, तर लभ म्यारिज नै गर्छु’: प्रियंका(भिडियो कुराकानी)

केही म्यूजिक भिडियोमा अभिनय गरेकी मोडल प्रियंका सिंह ठकुरी चलचित्र ‘गरुड पुराण’ मार्फत चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन् । माघको ४ गतेबाट रिलिज हुने यो चलचित्रमा प्रियंका मुख्य भूमिकामा छिन् । चलचित्रमा अरुसँग मन परेको कुरा लिनका लागि लागिपर्ने तर आफ्नो कुनै पनि सामान नदिने लोभी यूवतीको भूमिकामा उनी देखिएकी छिन् । प्रियंका यो चलचित्रले आफूलाई […]

मरिष्कासँग मज्जाले रोमान्स गर्न नपाएको कविरको गुनासो (भिडियो)

बैशाख २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लम्फू’ को शिर्ष भूमिकामा काम गरेका नव-नायक कविर खड्काको सानैदेखि हिरो बन्ने सपना थियो । चलचित्रको हिरो बन्नका लागि उनी फिल्म कलेजमा भर्ना भए । सुरुमा त उनलाई अभिनय जाबो के हो र भन्ने लागेको थियो । तर, अभिनय पढ्दै गर्दा उनलाई आफूलाई त केही पनि नआउने रहेछ […]

मस्ती टकः केकी र प्रियंकामा को बढि एक्सप्रेस ? (भिडियो कुराकानी)

मंगलबार दिउँसो नायिका प्रियंका कार्की र केकी अधिकारी नक्सालमा रहेको फुडमान्डुमा पुगे । फुडमान्डुबाट खाजा बोक्ने झोला भिरेर उनीहरु स्कुटरमा अनामनगर आइपुगे । अनामगरमा उनीहरुले हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ‘सरप्राइज’ दिने तयारी गरेका थिए । चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रचारका लागि अहिले केकी, प्रियंका र नायिका ऋचा शर्मा दौडधुप गरिरहेका छन् । त्यही क्रममा […]

फिटनेस टकः विकिनी बडी बनाउन बर्षाको कसरत, सेता चिज खानै छाडिन् (फोटो र भिडियोसहित)

चलचित्र ‘भैरे’मा समावेश ‘सान्नानीलाई’ बोलको गीतमा आफूलाई नियालेपछि नायिका बर्षा शिवाकोटीलाई पिर लाग्न थाल्यो । यो गीतमा उनी निकै मोटी देखिएकी छिन् । उनले यूट्यूवमा आएका कमेन्टहरु पनि पढिन् । उनको मोटाईबारे थुप्रैले टिप्पणी गरेका थिए । त्यसपछि उनलाई लाग्यो, हैट अब त दुब्लाउनैपर्छ । बर्षा अहिले जिम धाउन थालेकी छन् । ललितपुरमा रहेको एउटा क्लबमा […]

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक नाजिर हुसेन निकै मिल्ने साथी हुन् । उनीहरु, यो मित्रता सधै नै रहोस् भन्ने पनि चाहन्छन् । दुबइमा आयोजना भएको कार्यक्रममा राम्रोसँग चिनजान गरेका यी दुइविच निकै नजिक भए । यसपछि, चलचित्र ‘तिमीसँग’मा एकसाथ काम गरेका यी दुई अहिले प्रचारमा दौडधुप गरिरहेका छन् । अनलाइनखबरको ‘ओके मस्ती टक’मा कुराकानी […]

मस्ती टकः‘अनमोलको शरीर मेरोभन्दा राम्रो छ’: प्रदिप खड्का(भिडियो कुराकानी)

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडी अहिले चर्चामा छ । चैत्र ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिलिबिली’मा एकसाथ काम गरेपछि यो जोडीलाई दर्शकले रुचाएका छन् । प्रदिप चलचित्र क्षेत्रमा जमिसकेका छन् भने जसिताको यो डेब्यू चलचित्र हो । अनलाइनखबरको ‘ओके मस्ती टक’मा कुराकानी गर्ने क्रममा प्रदिप र जसिताले निकै खुलेर कुरा गरे […]

टिका पुनले ल्याइन् नेपाल चिनाउने गीत

चर्चित लोक तथा लोहोरी गायिका टीका पुनको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जुन गीतमा नेपाल चिनाइएको छ । गीतमा मेचिदेखि महाकालिसम्मको नेपालको भौगोलिक अवस्थास“गै पर्यटकीय स्थललाई समेटिएको छ । ‘डोल्पा जाने रेल बाटो’ टाइटलको यो गीतमा नेपाललाई स्वीट्जर ल्याण्ड भन्दा पनि राम्रो भएको भन्दै चिनाइएको छ । नेपालमा राम्रा ठाउँ हुँदाहुँदै घुम्नका हंकङ, […]

मस्ती टकः ‘दीपिकाको यस्तो भाषा, जुन रमेशले मात्र वुझ्छन्'(भिडियो)

नायक रमेश उप्रेती अचेल आफ्ना हरेक कुरामा कात्तिक ९ मात्र जोडिरहन्छन् । रमेशले यसरी कात्तिक ९ को रटान लगाउनुको पछाडि, उनको चलचित्र ‘ऐश्वर्य’ जोडिएको छ । कात्तिक ९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रका कारण रमेश अहिले निकै व्यस्त छन् । अनलाइनखबरका लागि ‘मस्ती टक’ गर्ने क्रममा पनि रमेश फोनमा नै बढी व्यस्त देखिए । […]

‘कान्छी’मा दयाहाङ र स्वेताको छमछमी(फोटो र भिडियो)

ललितपुरमा रहेको श्रीकाली चौर अरु बेलामा पनि यूवायूवतीदेखि पूजापाठ गर्ने वृद्धावृद्धको आगमनले व्यस्त नै देखिन्छ । यूवायूवतीका लागि मनको कुरा गर्ने स्थान मात्र होइन, श्रीकाली चौरमा रहेको मन्दिरमा पूजा गर्न पुग्ने भक्तजनको भिड पनि उस्तै रहन्छ । काठमाण्डौ भन्दा केही टाढा रहनेपनि श्रीकाली चौर पुग्न त्यती गाह्रो भने छैन । तर शुक्रबार, शनिबार र आइतबार […]

मस्ती टकः ‘पलले केही भन्दा नै रुन्छिन् आँचल’ (भिडियो)

नायक पल शाह र नायिका आँचल शर्माको जोडी चर्चित छ । विशेषगरि, यी दुइ प्रेममा रहेको खबर सार्वजनिक भएपछि चर्चा सुरु भएको थियो । यो जोडीले अभिनय गरेको चलचित्र ‘जोनी जेन्टलम्यान’ भदौ ३० गतेबाट रिलिज हुँदैछ । पर्दा भित्र जोनीलाइ जेन्टल बनाएकी आँचलले वास्तविक जीवनमा भने कुनै पनि यूवकलाइ ‘जेन्टल’ बनाउन पाएकी छैनन् । आँचल […]

मस्ती टकः दीपक दाइ हामीलाई प्रियंका दिनै नमान्नेः जीतु र केदार(भिडियो)

असोज ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा २’का ३ मुख्य कलाकार तथा निर्माता दीपकराज गिरी, जीतु नेपाल र केदार घिमिरेलाइ अहिले भ्याइनभ्याइ छ । अनलाइनखबरका लागि ‘मस्ती टक’मा निकै रमाइलो कुराकानी गर्ने क्रममा विशेषगरि, जीतु र केदारले निकै हसाँए । दीपक, जीतु र केदारसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः चलचित्र ‘छक्का पन्जा’मा […]

सञ्चिताको कारण घायल बने पवन ! (भिडियोसहित)

पत्रकार पवन भट्टराईले म्युजिक भिडियोमा अभिनय गरेर रंगमञ्चको यात्रा सुरु गरेका छन् । रिपोर्टर्स क्लबमा कार्यरत भट्टराईले ‘घायल चरी’ बोलको गीतमा अभिनय गरेका छन् । विकास संगम राईको स्वर र शब्दको उक्त गीतमा साजन राईले संगीत दिएका छन् । म्युजिक भिडियोमा पवन र सञ्चिता शाहीले अभिनय गरेकी छन् । म्युजिक भिडियोमा पवन फोटोग्राफर हुन्छन् । अचानक उनको […]

म कसैको प्रेममा ‘बौलाहा’ बनिनँ, ‘नेपाल आइडल’मा कसैसँग प्रेम बसेनः सुरज थापा

‘म अहिलेसम्म कसैको प्रेममा बहुला बनेको छैन । तर, मलाइ संगीतले बौलाहा बनायो ।’ आफ्नो चर्चित गीत ‘बौलाहा’ गाउँदै गर्दा सुरज थापाले आफू कसैको प्रेममा बौलाहा नबनेको बताए । ‘नेपाल आइडल’को उत्कृष्ट ६ बाट आउट भएपछि सुरजले अनलाइनखबरसँग ‘मस्ती टक’मा कुराकानी गर्दै आफ्ना जीवनका रमाइला पाटा खोलेका छन् । सुरजसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ […]

मलाई ‘एक्सन’ फिल्म मनपर्छ, मेरा कारणले पनि दर्शक हलमा आउनुहुन्छः शिल्पा पोखरेल

नायिका शिल्पा पोखरेललाई निर्माता छविराज ओझाको ब्यानरमा मात्र काम गर्दै आएको आरोप लाग्दै आएको थियो । छविको ब्यानर बाहेक अन्य ब्यानरका चलचित्रमा शिल्पा सफल नभएको टिप्पणी पनि गरिन्छ । तर, अहिले शिल्पा धमाधम छविको ब्यानर बाहिरको चलचित्रमा काम गरिरहेकी छिन् । राजबहादुर सानेको निर्देशनमा तयार भैरहेको चलचित्र ‘विरङ्गना’मा नायिका पोखरेल सशस्त्र प्रहरीको भूमिकामा छिन् । […]