
News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार केदार घिमिरेले आफूले अहिलेसम्म यति पारिश्रमिक लिएको भनेर नभनेको र अब पारिश्रमिकको कुरा नगर्ने बताए।
- उनले 'माग्ने राजा'का निर्माताले आफूले ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको हल्ला गरेको र यसमा निर्माता, लेखक र निर्देशकको दोष रहेको उल्लेख गरे।
- केदार घिमिरेले सबै मिलेर आफूलाई सकाउन खोजेको टिप्पणी पनि गरेका छन्।
हालैको एक अपरान्ह अनलाइनखबरसँग संवाद गरिरहँदा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले डेब्यु फिल्म ‘दौड’देखि ‘छक्कापञ्जा’ सिरिज हुँदै ‘माग्ने राजा’सम्मका किस्सा उधिने ।
सुरुमै उनलाई सोधियो- तपाईं त सबैभन्दा महंगो कलाकार भन्छन् नि ?
उनले यो प्रश्नको जवाफ दिँदादिँदा आफू थाकिसकेको बताए । अहिलेसम्म यति पारिश्रमिक लिएको भनेर नभनेको उनले बताए । यो रस्साकस्सीमा केदारभित्र एउटा आत्मबोध भएछ- अब पारिश्रमिकको कुरा नगर्ने । चलचित्र र कर्मको कुरा गर्ने ।
‘माग्ने राजा’का निर्माताले हाइपका लागि आफूले ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भनेर हल्ला गर्दा आफू फसेको उनले बताए । उनले निर्माता, लेखक र निर्देशकप्रति यो सबथोकको दोष औंल्याए । यतिसम्मकी, सबै मिलेर आफूलाई सकाउन खोेजेको टिप्पणी उनले गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4