रोहन मुस्तफा
                                
                                    
                                        
                                        यूएई, अलराउण्डर                                    
                                
                            
                            
                            
                        
                                        यूएई, अलराउण्डर                                    यूएईका अलराउन्डर मुस्तफा नेपालमा हुने क्रिकेट लिगमा परिचित नाम हो । एसोसियटका उत्कृष्ट अलराउन्डर मध्ये एक रहेका उनी नेपाली राष्ट्रिय टोलीसँग पनि परिचित छन् । नेपालका क्लबमा खेल्दा होस् वा नेपालविरुद्ध यूएईबाट खेल्दा होस्, मैदान र दर्शकदीर्घामा छुट्टै तरंग पैदा हुन्छ । बाँयाहाते ब्याटिङ गर्ने उनले यूएईका लागि टी२०आईमा ५८ खेल खेल्दा १००० भन्दा बढी रन बनाएका छन् भने सबैखाले टी२० मा १३०० भन्दा बढी रन बनाएका छन् । दाँयाहाते अफस्पिन बलिङ गर्ने उनले ७५ विकेट पनि लिएका छन् । उनले यूएईको अबुधाबी टी-१० लिग, क्यानेडियन ग्लोबल टी२० लिग, इन्टरनेशल लिग टी२० खेलेका छन् भने नेपालमा यसअघि भएका धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग लगायतका प्रतियोगिताहरु पनि खेलिसकेका छन् ।
Read Fullप्लेयर्स टु वाच
                                
                                    ललित राजवंशी
                                    बलर
                                
                            
                                
                                    सन्दीप जोरा
                                    ब्याट्समेन
                                
                            
                                
                                    दीपेन्द्र सिंह ऐरी
                                    ब्याट्समेन
                                
                            
                                
                                    रोहितकुमार पौडेल
                                    ब्याट्समेन
                                
                            
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                


















