+
Home Sports Cricket VS

Nepal vs United States of America -

२०८२ कात्तिक १५, शनिबार
11:15 am
VS
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी
नेपालले अघिल्लो खेलबाट एक परिवर्तन गरेको छ । सोमपाल कामीको स्थानमा नन्दन यादव टोलीमा आएका छन् ।
अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले पहिले ब्याटिङ गर्दैछ ।
त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ । अमेरिकाले भने नेपाल र यूएई दुवैलाई हराइसकेको छ र लिग २ मा दबदबा कायमै राखेको छ ।
जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो ।
नमस्कार । लिग २ ओडिआई शृंखलाअन्तर्गत नेपाल र अमेरिकाबीचको खेलको बल बाइ बल अपडेट लिएर अनलाइनखबर टिम उपस्थित भएका छौं ।

खेल तालिका र परिणाम