+
+
Shares

डा. अमृता शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १३:००

डा. अमृता शर्मा सूचनाप्रविधि, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र, सीप विकास र रोजगार योग्यताका क्षेत्रमा अनुसन्धान तथा नीतिगत काम गर्दै आएकी विज्ञ हुन्। 

काठमाडौं विश्वविद्यालयको शिक्षा संकायबाट ‘नेपालका सूचना तथा सञ्चारप्रविधि स्नातकहरूको रोजगार योग्यता’ विषयमा विद्यावारिधि गरेकी उनको अनुसन्धानले विश्वविद्यालयबाट उत्पादन हुने सूचनाप्रविधि जनशक्तिको सीप र रोजगार बजारको आवश्यकता बीचको अन्तर, उद्योग-विश्वविद्यालय सम्बन्ध तथा युवाको रोजगार योग्यता बढाउन आवश्यक दक्षताको अध्ययन गरेको छ। 

सन् २०२३ मा एकीकृत विकास अध्ययन संस्थानले गरेको ‘अनलिजिङ आईटीः एडभान्सिङ नेपाल्स डिजिटल इकोनोमी’ विषयक अध्ययनको नेतृत्व गरेकी थिइन्, जसले नेपालबाट ५१ करोड अमेरिकी डलरभन्दा बढीको सूचनाप्रविधि सेवा निर्यात भइरहेको देखाएको थियो । 

शर्मा एसियाली विकास बैंकसँग पनि परामर्शदाताका रूपमा आबद्ध रहेर डिजिटल रूपान्तरण र विकास सम्बन्धी काममा संलग्न छिन्।  

२०८३ असारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डा. शर्मालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्राज्ञिक परिषद् सदस्यमा मनोनयन गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?