Comments Add Comment

खाद्यान्न

List Grid
साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ६३ र ग्यास ११ सय २० मा बेच्ने

२० जेठ, काठमाडौं । साल्ट ट्रेड्रिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्याँस सस्तो मूल्यमा बिक्री गर्ने भन्दै मूल्यसूची सार्वजनिक गरेको छ । सरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको पाँच दिनपछि साल्ट ट्रेडिङले आफूले बिक्री गर्ने खाद्य सामग्री र मूल्य सार्वजनिक गरेको हो । जस अनुसार बजारमा प्रतिकिलो ९५ रुपैयाँ […]

साल्ट ट्रेडिङले आज उपत्यकाका १२ ठाउँमा भ्यानमार्फत खाद्यान्न बिक्री गर्ने

१८ जेठ, काठमाडौं । साल्ट ट्रेडिङले मंगलबार उपत्यकाका एक दर्जन ठाउँबाट डेलिभरी भ्यानमार्फत खाद्यान्न बिक्री गर्दैछ । तीनवटा डेलिभरी भ्यानमार्फत काठमाडौं र भक्तपुरमा मंगलबार खाद्यान्न बिक्री गरिने कम्पनीले जनाएको छ । उपभोक्ताहरुले फोन गरेर माग गरेको आधारमा १२ वटा टोल क्षेत्रमा भ्यानमार्फत माइकिङ गर्दै खाद्यान्न बिक्री गर्न लागिएको कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए […]

खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

१५ जेठ, काठमाडौं । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने भएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषण गरेका हुन् । निषेधाज्ञा अवधिभर दुई संस्थाबाट उपभोक्ताले खरिद गर्ने चामल, पिठो, दाल, नुन, चिनी […]

अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग ‘संकटमा’

२५ वैशाख, काठमाडौं । कोभिड महामारी जटिल बन्दै जाँदा त्यसको असर अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुमा पनि पर्न थालेको छ । कोभिड असुरक्षाका कारण अत्यावश्यक वस्तुहरुको उत्पादन गर्ने उद्योग सञ्चालन सात प्रतिशतमा झरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । संकट गहिरिदै जाँदा देशभरका खाद्यान्न उत्पादन गर्ने उद्योगहरु पनि एक पछि अर्को गर्दै बन्द हुन […]

खाद्यान्न ढुवानी गर्न हुम्लामा हवाई उडान पुनः सुरू

२४ वैशाख, हुम्ला । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । न्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार पक्षको बैठकले हरेक दिन बढ्दो संक्रमणको अवस्था हेर्दा […]

निषेधाज्ञामा अत्यावश्यक वस्तु आपूर्ति : यी हुन् समस्या परे सम्पर्क गर्ने ठाउँ

१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दोस्रो लहरको प्रकोप रोक्न सरकारले घोषणा गरेको १५ दिन लामो निषेधाज्ञा बिहीबारबाट सुरु भएको छ । संघीय राजधानी काठमाडौंसहित कोरोना अति प्रभावित जिल्लाहरुमा सुरु हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने स्थानीय प्रशासनहरुले घोषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनाअनुसार अत्यावश्यक सेवा भित्र […]

चैतको लकडाउनपछि ४५ अर्बको खाद्यान्न आयात

२० मंसिर, काठमाडौं । गत चैतबाट गरिएको लकडाउनपछि खाद्यान्नको आयात ह्वात्तै बढेको छ । भन्सार विभागको अनुसार अघिल्लो पटकको चैत-कात्तिक अवधिमा २७ अर्ब ४४ करोड रुपैयाँको खाद्यान्न आयात भएको थियो । तर, गत चैतदेखि कात्तिकसम्म ४४ अर्ब ९० करोडको खाद्यान्न आयात भएको छ । यो अघिल्लो वर्षको यस्तै अवधिको भन्दा १७ अर्ब ४६ करोडले बढी […]

चाडपर्वमा खाद्यान्न र माछामासु अभाव हुन्न : आपूर्ति मन्त्रालय

३ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुख्य चाडपर्वको समयमा खाद्यान्न, तरकारी फलफूल र माछा मासुको आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ । माछा मासुको उत्पादन मुलुक भित्रै बढेको, खाद्यान्नको मौज्दात पनि यथेष्ट रहेको तथा तरकारी, फलफूल र दलहनको आयात निरन्तर रहकोकाले ढुक्क भएर चाडपर्व मनाउन मन्त्रालयले आग्रह गरेको छ । हाल दुर्गमका २३ […]

दसैँको मुखमा दाल, खाने तेल र गेडागुडीको मूल्य वृद्धि

२२ असोज, काठमाडौं । दसैँको मुखैमा खाने तेल, दाल र गेडागुडीको मू्ल्य बढेको छ । दालमा प्रतिकिलो १० रुपैयाँ, हरियो केराउमा ३५ रुपैयाँ तर तेल प्रतिलिटरमै १५ रुपैयाँभदा धेरैले वृद्धि भएको खुद्रा व्यापार संघले जानकारी दिएको छ । लकडाउनका कारण उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन नभएकोले मूल्य बढेर आएको होलसेलले बताउने गरेको खुद्रा […]

उपत्यकामा अत्यावश्यक वस्तुको पसल साँझ पनि खुल्ने

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा अत्यावश्कीय वस्तु वा सेवाको पसलहरु बिहान र साझँ खोल्न पाइने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषधाज्ञासम्बन्धी नयाँ आदेशअनुसार खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु पसलहरु दुई पटक खुल्नेछ । अवस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विहान ११ बजेसम्म र साँझ ५ […]

कर्णालीमा खाद्यान्न : डिपोमा चामल, गाउँमा हाहाकार

१४ भदौ, सुर्खेत । समयमै ढुवानी नहुँदा कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव हुन थालेको छ । मुगुमा एक महिनादेखि खाद्य डिपोहरु रित्तिएका छन् भने माथिल्लो डोल्पामा एक वर्षदेखि चामल पुगेको छैन । चामल समयमै नजाँदा माथिल्लो डोल्पाको सेफोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाले खाद्यान्न अभाव झेलिरहेका छन् । गत वर्ष जिल्ला खाद्य व्यवस्था समितिले माथिल्लो डोल्पामा […]

दालमोठ, चिउरा र गुदपाकको गुणस्तर निर्धारण गरिने

२७ साउन, काठमाडौंं । सरकारले स्थानीय खाद्य उत्पादनको गुणस्तर मापदण्ड तोक्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । कृषि मन्त्रालयको प्रस्तावमा खाद्य पदार्थको गुणस्तर निर्धारण सम्बन्धि आदेश स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषदबाट भएको प्रवक्ता खतिवडाले बताए । उक्त […]

कोभिड-१९ र नेपालमा खाद्य सुरक्षाको सवाल

सायद २०३३, ३४ सालतिर होला पूर्वी पहाडमा लामो दाना भएको मकै देखियो । त्यसलाई ‘अम्रिकाने मकै’ भनिन्थ्यो । गाउँघरमा भोकमरी लागेपछि अमेरिकाले खाद्यान्न सहयोग मार्फत त्यो मकै पठाएको बुज्रुकहरू बताउँथे । कोही भने अमेरिकाले भण्डारमा सडेको मकै गरिब देशमा पठाएको हो भन्ने आरोप लगाउँथे । यी दुवै विषयको स्वतन्त्र रुपमा पुष्टि भने भएको पाइएन । […]

लकडाउनमा ३७ हजार मेट्रिक टन खाद्यान्न आयात, चामल ४ महिनालाई पुग्ने

२८ चैत, काठमाडौं । सरकारले लकडाउनको समयमा पनि अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आपूर्ति व्यवस्था सहज रहेको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार २३ बुँदे कार्य प्रगति सार्वजनिक गर्दै लकडाउनको १७ दिनसम्म आपूर्ति व्यवस्था सामान्य रहेको बताएको हो । इन्धन तथा खाद्य वस्तुको आपूर्ति सहज रहेको, खाद्यान्न, तेलहन, खानेपानी, दुग्ध पशुपन्छीका […]

सरकार र निजी क्षेत्रको निष्कर्ष : ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ

२६ फागुन, काठमाडौं । उद्योगी व्यवसायीहरुले ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको बताएका छन् । सरकारले आपूर्ति व्यवस्था सहज बनाउन मंगलबार निजी क्षेत्रसँग छलफल गरेको थियो, जसमा सहभागीहरुले ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको बताएका छन् । औषधि पनि ३/४ महिनालाई पुग्ने मौज्दात रहेको अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए । भारतले केही औषधि […]

कर्णालीमा खाद्यान्न जोखिम

१ चैत, सिञ्जा । तातोपानी–३ का चैते दमाईंको घरमा ६/७ वर्ष पहिले मुरीका मुरी धान, जौ, गहुँ, मकै, कोदो र चिनोलगायत विभिन्न अन्न बाली उत्पादन हुन्थ्यो । आफ्नो उत्पादनले झण्डै १२ जनाको परिवारलाई राम्ररी वर्ष दिन खान पुग्थ्यो । अहिले त्यति नै उत्पादनले छ महिना पनि पुग्दैन । उनले त्यति नै जग्गामा खेतीपाती गरे पनि राम्रो […]

कर्णालीमा १८ हजार मेट्रिकटन खाद्यान्न अपुग

२८ साउन, सुर्खेत । गत आर्थिक वर्ष ०७४/७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको तथ्याङ्कले गत वर्ष मात्रै कर्णालीलाई १८ हजार ४०७ मेट्रिक टन खाद्यान्न अपुग भएको देखाउँदछ । तथ्याङ्कअनुसार यस प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेक अन्य सात जिल्लामा […]

नेपालमा खाद्य परनिर्भरताः फ्रान्सको सुँगुरदेखि युक्रेनको तेलसम्म

१२ मंसिर, काठमाडौं । फ्रान्सको सुँगुर, युक्रेनको तेल र थाइल्यान्डको मसला ! पारखीहरुका लागि संसारभरका उत्पादन उपभोग गर्न पाउनु खुला बजार अर्थतन्त्रमा सामान्य मान्न सकिएला । तर, यो तथ्यांकले नेपालको खाद्य परनिर्भरता कुन हदसम्म बढेको छ भन्ने स्पष्ट गर्छ । नेपालमै उत्पादनको प्रचुरता रहेका दैनिक उपभोग्य वस्तुहरुको सात समुद्रपारिका मुलुकबाट हुने आयात घट्नुको साटो बर्सेनि […]

लुकाएको अवस्थामा भेटियो राहतमा अाएको खाद्यान्न

१२ वैशाख, मुगु। दुई वर्षअगाडि किसानले लगाएको अन्नबाली घर भित्र्याउने बेला परेको असिनाले जिल्लाका आठ गाविसमा सम्पूर्ण बालीमा क्षति पुर्‍याएपछि सरकारले तत्काल राहतका लागि पठाएको चामल दुई वर्ष बितिसक्दा पनि वितरण नगरी गोदाममै थन्काएर लुकाई राखिएको पाइएको छ । विसं ०७१ कात्तिक ८ गते परेको असिनाले किसानले लगाएको अन्नबाली नष्ट गरेपछि सरकारले तत्कालका लागी भनेर जिल्लाको […]