+
+
Shares

वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १७ गते ७:०९

१७ माघ, वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ ।

गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा २१ करोड मूल्यको गिरावट आएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए ।

जबकि गत आवको छ महिनामा भने ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो । चालु आवको छ महिनामा पाँच अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने  छ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो ।

चालु आवको छ महिनामा तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै  आयात भएको छ । त्यस्तै चालु आवको छ महिनामा एक अर्ब ६१ करोड मूल्य पर्ने चामल र ३३ करोड मुल्य पर्ने माल्ट आयात भएको छ ।

यस्तै २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।

-राससबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?