Comments Add Comment

जनार्दन शर्मा प्रभाकर

List Grid
पश्चिम रुकुममा जनार्दन शर्मा विजयी, प्रदेशमा पनि माअोवादीकै जित

२२ मंसिर, काठमाडौं । रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका जनार्दन शर्मा भारी मत अन्तरले विजयी भएका छन् । विनाविभागीय मन्त्रीसमेत रहेका शर्माले ३४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजिजंग शाहले १५ हजार ६५९ मत ल्याएका छन् । यस्तै रुकुमको प्रदेश (ख) मा पनि माओवादी केन्द्रकै गोपाल शर्मा विजयी […]

गृह जिल्ला रूकुम पुगेर यसरी नाचे गृहमन्त्री जनार्दन शर्मा (भिडियोसहित)

१९ असोज, रुकुम । बिहीबार गृह जिल्ला रूकुम पुगेका जनार्दन शर्मा प्रभाकर रूकुमेली जनताहरूहरूसँग छमछमी नाचेर खुसी साटेका छन् । रुकुम (पूर्व) जिल्लाको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न गृह जिल्ला पुगेका प्रभाकर स्थानीयहरूसँगै नाचेपछि माहोल नै रमाइलो बनेको थियो । टुक्रिएको रूकुम (पूर्व) जिल्लाको उद्घाटनमा खुसी मनाउन जम्मा भएका स्थानीयहरूसँग गृहमन्त्री शर्मा पनि सँगसँगै नाचेर स्थानीयसँगै […]

निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिन सकिन्छ: गृहमन्त्री

२३ साउन, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिने विषयमा छलफल गर्न सकिने बताएका छन् । प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ का सन्दर्भमा प्राप्त संशोधनबारे व्यवस्थापिका-संसद्को राज्य व्यवस्था समितिको आजको बैठकको छलफलमा गृहमन्त्री शर्माले भने, ‘हाल आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था भएकामा सरकारको परामर्शमा […]

गृह मन्त्रालयको अभियानः काठमाडौं उपत्यका अपराधमुक्त शहर

२० साउन, काठमाडौं । गृहमन्त्रालयले काठमाडौं उपत्यकालाई अपराध र गुण्डागर्दीमुक्त शहर बनाउने अभियान सुरु गर्ने भएको छ । त्यसका लागि हरेक टोलमा सुरक्षा स्वयंसेवक बनाउने तयारी गृहको छ । ‘समस्या त केन्द्रमै रहेछ’ शुक्रबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले भने, ‘ठगी, बेचबिखन, अपराधको समस्या यहिँ देखियो । भौतिक, मनोवैज्ञानिकदेखि सबै प्रकारका फोहरमैला […]

‘संघीयतामा जनशक्ति धेरै चाहिने भएकाले एआईजीको दरबन्दी थप’

२० साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले प्रहरी संगठनलाई संघीय प्रणालीमा लैजानुपर्ने भएकाले एआईजीको दरबन्दी बढाउनुपरेको बताएका छन् । साथै उनले कार्यसम्पादन मूल्यांकनलाई पारदर्शी बनाउने पनि बताए । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री शर्माले संघीय प्रणालीमा जाँदा अहिलेकै जनशक्तिले नपुग्ने भएकाले एआईजीको दरबन्दी बढाउनुपरेको बताए । गृहमन्त्रालयले ७ जना एआईजीको दरबन्दी बढाएर हाल ११ […]

जनार्दन र कुलमानमाथि खनिए सांसदहरु, सोलार प्लान्टको ठेक्कामा अनियमितता गरेको आरोप

१७ साउन, काठमाडौं । सार्वजनिक लेखा समितिका सदस्यहरु पूर्वउर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिएका छन् । २५ मेगावाटको सोलार प्लान्ट स्थापना गर्न कम्पनी छनौट गर्दा ‘आर्थिक अपराध’ गरेको दाबी गर्दै सांसदहरुले शर्मा र घिसिङलाई काबारही गर्नु पर्ने माग गरेकाछन् । लेखा समितिको मंगलबारको बैठकमा सांसदहरुले चिनियाँ कम्पनी राइजन इनर्जीसँग गरिएको सम्झौतामा […]

महिला हिंसा क्रुर अपराध हो, दोषिलाई कारबाही हुन्छः गृहमन्त्री शर्मा

९ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय परिचय पत्रमा आमाको नाम नछुटाइएको स्पष्ट पारेका छन् । आमाको मात्र होइन हजुर आमाको नाम पनि परिचयपत्रमा राखिएको उनले बताए । बिभिन्न विषयमा सांसदहरुले उठाएका जिज्ञासाको मन्त्री शर्माले सोमबारको संसद बैठकमा जवाफ दिएका छन् । यसअघि सांसदहरुले राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुटाइएको भन्दै विरोध जनाएका थिए । […]

गृहमन्त्रीले भने- तीन महिनाभित्र सबै गाउँपालिकामा टेलिफोन पुग्नुपर्छ, कुनै शर्त मानिने छैन

६ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले तीन महिनाभित्र हरेक गाउँपालिकामा टेलिफोन सेवा पुग्नुपर्ने बताएका छन् । टेलिफोन शान्ति सुरक्षासँग पनि सम्बन्धित भएको भन्दै उनले सेवा पुर्‍याउने काममा कुनै सर्त मान्न नसकिने बताए । ‘यो राज्यको टेलिकम हो, तीन महिनाभित्र हरेक गाउँपालिकामा सञ्चार पुगेको हुनुपर्छ, त्यसमा कुनै शर्त मानिने छैन,’ शुक्रबार केन्द्रीय दैवी प्रकोप […]

गृह प्रशासन सुधार्न इमान्दार प्रयास गर्छु, चमत्कार हुँदैनः गृहमन्त्री

४ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले गृह प्रशासन सुधारका लागि इमान्दार प्रयत्न गर्ने बताएका छन् । आफूबाट कुनै चमत्कार नहुने भन्दै उनले धेरै अपेक्षा नगर्न आग्रह पनि गरे । बुधबार सुमेरु ग्रुपको १९ औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शर्माले भने, ‘चमत्कारी ढंगले केही गरौं, त्यस्तो हैन, इमान्दार भएर काम […]

गृहमन्त्रीको अपीलः सुरक्षा व्यवस्था मिलाएका छौं, ढुक्क भएर मतदान गर्नुस्

१२ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले पर्सि बुधबार हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आहृवान गरेका छन् । उनले भने, ‘निर्वाचनको लागि सुरक्षाको कुनै समस्या छैन, सरकारले सबै प्रबन्ध मिलाएको छ, सबैले आफ्नो मतदानअधिकार प्रयोग गर्नुहोस् ।’ सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहमन्त्री शर्माले निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आवश्यक सुरक्षा […]

गृहमन्त्री शर्माको आग्रह- भोट किनबेच हुनसक्छ चनाखो हुनुस्

११ असार, दाङ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले चुनावमा जनताको मत किन्ने प्रयास हुन सक्ने भन्दै निगरानी गर्न आग्रह गरेका छन् । उनले शान्ति सुरक्षा सुदृढ बनाइएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन र मतदान गर्न मतदाताहरुलाई आहृवान समेत गरे । आइतबार बिहान दाङको राप्ती गाउँपालिका-१ मा आयोजित कार्यक्रममा शर्माले भने, ‘चुनावमा जनताको मत किनबेच हुनसक्छ […]

राजपा चुनावमा सहभागी हुनु सरकारको सफलताः गृहमन्त्री

८ असार, विराटनगर । गृहमन्त्री जर्नादन शर्माले स्वतन्त्र उम्मेदवारका रुपमा राजपा स्थानीय चुनावमा सहभागी भएको भन्दै यो सरकारको सफलता भएको बताएका छन् । लामो छलफल र सम्वादपछि चुनाव वाहिष्कार गरेको राष्ट्रिय जनता पार्टी स्वतन्त्र रुपमा भएपनि चुनावमा सहभागी भएको गृहमन्त्री शर्माको दाबी छ । एक नम्वर प्रदेशस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीलाई बिहीबार विराटनगरमा सम्वोधन गदै गृहमन्त्री […]