+
+
Shares

माओवादीमा अब नेतृत्वविरुद्ध बोल्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १८:४५

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूलाई पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति नदिन सचेत गराएको छ ।

सोमबार सम्पन्न पार्टी स्थायी समिति बैठकले नेतृत्वविरुद्ध अभिव्यक्ति नदिन पार्टी नेता कार्यकर्ताहरूलाई सचेत गराएको हो ।

सचिव हरिबोल गजुरेलले पार्टीका नेताहरूमा संगठनात्मक अराजकता र नेतृत्वका बिरूद्ध जथाभावी अभिव्यक्ति दिने क्रम बढेपछि स्थायी समिति बैठकले यो निर्णय गरेको बताए ।

‘विधि, पद्धति र पार्टी अनुशासन विपरित गएर नेतृत्व विरुद्ध जथाभावी बोल्ने क्रम बढ्यो,’ गजुरेलले भने, ‘नेताहरूलाई त्यसरी नबोल्न सचेत गराउने निर्णय बैठकबाट भएको छ । जनार्दनजीलाई पनि सचेत गराइएको छ ।’

उपहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टीमा समस्या आएको बताउँदै आएका थिए ।

पार्टीका अरू नेताहरूले प्रचण्डमाथि प्रश्न गरेको भनेर शर्माको आलोचना गरिरहेका थिए ।

अधिकांश स्थायी कमिटी सदस्यहरूले शर्माले पार्टी विधि विपरित बोलेको भन्दै उनले आत्माआलोचना गर्नुपर्ने धारणा राखेका थिए । शर्माले भने आफूले गरेको कमजोरीको मात्रै जिम्मेवारी लिने भन्दै आत्मआलोचना गर्न अस्वीकार गरेका थिए ।

त्यसपछि बैठकले अब आइन्दा पार्टीका विषयमा पार्टीभित्रै छलफल गर्नुपर्ने र बाहिर अभिब्यक्ति दिँदै हिंड्न नहुने बताएक निष्कर्ष निकालेको हो । गत शुक्रबारदेखि सुरू भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार नै सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?