+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अहिले नै जनयुद्धका कथाव्यथा लेख्दा मन दुख्न सक्छ, राजनीतिबाट बिदा भएपछि लेख्छु : शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १४:५६
फाइल तस्वीर

१९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले राजनीतिबाट रिटायर्ड (बिदा) भएपछि जनयुद्धका कथाव्यथा लेख्ने बताएका छन् ।

बुधबार गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले नै जनयुद्धका कथाव्यथा लेख्दा कसैको मन दुख्नसक्ने उल्लेख गरे ।

‘…त्यसभित्र (जनयुद्ध) कथाहरू छन्, व्यथाहरू छन्, त्यो कुनै बेला समय मिलेछ भने मैले राजनीतिबाट बिदा भएपछि लेख्ने सुर गरेको छु । आजै लेख्दा कसैको मन दुख्न सक्छ । कसैलाई चित्त नबुझ्न सक्छ । त्यतिबेला लेख्ने विचार गरेको छु,’ उनले भनेका छन् ।

साथै, उनले पीडा बोकेर मोर्चामा जाँदै गरेका धेरै आरोपबारे आफूले लेख्ने बताएका हुन् ।

‘लडाईंका मोर्चामा पीडा बोक्दै गएका कथा पनि छन् । त्यो पनि म व्याख्या गर्न चाहन्न,’ शर्माले भने ।

उनले पश्चिम नेपालमा जनयुद्धले गुणात्मक अभियान सुरु गर्नुपर्ने बेलामा भएका कारबाहीहरूको संक्षिप्त स्मरण सम्बोधनको क्रममा राखे ।

‘जतिबेला पश्चिम नेपालमा जनयुद्धले गुणात्मक अभियान प्रारम्भ गर्नुपथ्र्यो । त्यो प्रारम्भ हुन्छ कि हुँदैन भनेर चिन्ता गरिरहेकै बेलामा हामीले गरेको झिम्पे कारबाहीलाई स्मरण गर्न चाहन्छु,’ शर्माले भने, ‘त्यसलाई विस्तार गर्दै झेलनेटा कारबाहीसम्म आइपुग्दा नेतृत्वले नयाँ ढंगले संश्लेषण गर्नुपर्ने परिस्थिति भएको र चिराघाट हुँदै हामी लाहासम्म पुग्दा एउटा नयाँ उचाइमा उठेका थियौं ।’

किलोशेरा–२ को भेलामा मनोबल गिरेको बेलामा रामपुर कारबाहीबाट जाँगर र उत्साह बोकेर घर्तीगाउँसम्म पुगेको बताए । ‘यस्ता धेरै घटना, कथाहरू छन् । त्यो म कुनैबेला लेख्नेछु, हामीले पस्कनुछ,’ शर्माले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?