+
+
Shares
माओवादी सर्कुलर :

‘जनार्दनजीले आत्मालोचना गर्न मान्नुभएन, नेतृत्वलाई निराधार आरोप लगाउनुभयो’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १९:४१
नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रभाकर

२२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निराधार आरोप लगाएको बताएको छ ।

अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले तल्ला कमिटीहरुलाई पठाएको सर्कुलरमा जनार्दनले आत्मआलोचना गर्नुभन्दा पनि नमानेको उल्लेख छ ।

‘अध्यक्ष कमरेडले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरुको सुझाव र आलोचनालाई आत्मसाथ गरी कमजोरी सच्याउन विशेष आग्रह गर्नुभयो,’ सर्कुलरमा उल्लेख छ, ‘तर कमरेड प्रभाकरले माइन्यूटमा हस्ताक्षर नगरेको बिषय बाहेक अन्य बिषयहरूमा ठोस रुपमा आत्मालोचना गर्नुभएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाउनुभयो ।’

स्थायी समिति बैठकमा आन्तरिक पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा पार्टीका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ का सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे गम्भीर छलफल भएको सर्कुलरमा उल्लेख छ ।

छलफलका क्रममा विशेषत: पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रुपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दिजन्य गतिबिधिहरू सञ्चालन गरिरहने जस्ता कार्यहरू पार्टी नीति विपरित भएको ठहर स्थायी कमिटीले गरेको छ ।

‘अत: स्थायी समिति बैठकले पार्टी नेतृत्वकाविरुद्ध लगाइएका निराधार आरोपहरूलाई खारेज गर्दै क. प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ,’ सर्कुलरमा लेखिएको छ, ‘स्थायी समिति बैठकले आफ्ना भिन्न मत भए कमिटिमा विधिसम्मत छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकताबद्ध बनाई अगाडि बढ्न पनि जोड दिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?