Comments Add Comment

डेडिकेटेड लाइन

List Grid
डेडिकेटेड लाइनको महसुलबारे छलफल गर्न प्राधिकरणले बोलायो उद्योगी

१२ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको उठ्न बाँकी महसुल उठाउन पहल थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने प्रक्रिया थाल्न निर्देशन दिएपछि प्राधिकरणले उद्योगीहरुलाई छलफलमा बोलाएको छ । प्राधिकरण स्रोतका अनुसार पहिलो चरणमा उद्योगी व्यवसायीलाई महसुल असुलीको लागि सहज वातावरण बनाउन के-के […]

डेडिकेटेड लाइनको १० अर्बभन्दा बढी महसुल असुली साउनदेखि

१३ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असारपछि डेडिकेटेड र ट्रंक लाइन बिजुलीको बक्यौता महसुल उठाउन सुरु गर्ने भएको छ । गत फागुनमा प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता महसुल तिर्न बाँकी रहेकाहरुसँग असारसम्म प्रतिवद्धता माग गर्ने निर्णय गरेको थियो । असारभित्र महसुल तिर्ने गरी प्रतिवद्धता नजनाउने ग्राहकको आगामी २०७८को साउनबाट लाइन काट्ने गरी निर्णय भएको […]

डेडिकेटेड लाइनको महसुल विवाद टुंग्याउन सकस

२८ पुस, काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधान गर्न तयार गरिएको अध्ययन प्रतिवेदन मन्त्रिपरिषदले पारित गरेको पाँच महिनामा पनि कार्यान्वयन हुन सकेको छैन । बरु सम्बद्ध निकायले प्रक्रिया नथाल्दै विभिन्न उल्झन देखिएका छन् । प्रतिवेदन कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणमा पठाएको छ । […]

टीओडी मिटरको अंकअनुसार डेडिकेटेड लाइनको महसुल उठाउन निर्देशन

५ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रंक तथा डेडिकेटेड लाइनको बिलिङ टाइम अफ डे (टीओडी) मिटरको अंक अनुसार गर्न निर्देशन दिएको छ । नेपाल विद्युत् प्राधिकरणले आफूखुसी बिलिङ गरको भन्दै उद्योगीले अख्तियार गुहारेका थिए । टीओडी मिटर अनुसार मात्रै शुलक असुल्न प्राधिकरण, विद्युत् नियमन आयोग र उर्जा मन्त्रालयलाई निर्देशन दिएको हो । उद्योगलाई […]

उद्योगमा लोडसेडिङ नहट्दासम्मको डेडिकेटेड लाइनको शुल्क तिर्नुपर्ने

२२ साउन, काठमाडौं । मन्त्रिपरिषद बैठकले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल सम्बन्धी विवादबारेको अध्ययन गरेर प्रतिवेदन कार्यान्वयनको जिम्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नै दिएको छ । डेडिकेटेड महसुल विवादबारे अध्ययन गर्नुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रस्तावमा गत पुसमा मन्त्रिपरिषद बैठकबाट ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको थियो ।  […]