Comments Add Comment

त्रिभुवन विमानस्थल

List Grid
बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द, त्रिभुवन विमानस्थलमा भ्याईनभ्याई

२१ वैशाख, काठमाडौं । सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर जानेहरुको भीड बढेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरे पनि हवाई उडान सुचारु थियो । आन्तरिकतर्फको सम्पूर्ण उडान […]

स्पीकरमा लुकाएर डेढ किलो सुन तस्करीको प्रयास, ५ जना पक्राउ

२० वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् । विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । ‘खड्का […]

नेपालमा ट्रान्जिट बनाएर विदेशीले तेस्रो मुलुक उड्न नपाउने

१४ वैशाख, काठमाडौं । सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको छ । पछिल्लो समय भारतबाट ठूलो संख्यामा आएका भारतीय नागरिक नेपाल हुँदै खाडी मुलुक तथा साउदीमा उडिरहेका छन् । अध्यागमन विभागले एक सूचना प्रकाशित गर्दै त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक जान नेपाल आउन र त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गरी […]

मौसम खराबीले चार दिनदेखि आन्तरिक उडान प्रभावित

२६ चैत, काठमाडौँ । मौसम प्रतिकूल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ । तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले केही आन्तरिक उडान रद्द भएको बताए । यान्त्रिक पद्धति (आईएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा […]

त्रिभुवन विमानस्थलको अनुगमनपछि पर्यटनमन्त्रीले भने-सात दिनपछि पुनः आउँछु

८ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल आइतबार त्रिभुवन विमानस्थलको अनुगमनमा पुगेका छन् । विमानस्थलमा अहिले विभिन्न भौतिक पूर्वाधार निर्माणको काम जारी छ । त्यसक्रममा यात्रुले निर्माणको काम गर्दा व्यवस्थापनमा ध्यान दिन नसकेको गुनासो गरेका थिए । मन्त्री ढकालले यस्तो काम गर्दा यात्रुको असुविधा हुने गरी नगर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन […]

त्रिभुवन विमानस्थलमा टेकअफ गर्दागर्दै हेलिकोप्टरमा ठोक्कियो चरा

३ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टरले उडान गर्ने समयमा चरा ठोक्किएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार बिहान पौने १० बजे कठमाडौंबाट गोसाइकुण्डका लागि उडेको प्रभु हेलिकोप्टरमा चरा ठोक्किएको हो । तत्काल हेलिकोप्टरको आकस्मिक अवतरण गरिएका कारण अप्रिय घटना हुन नपाएको उनले बताए । हेलिकोप्टर पाँच यात्रुसहित गोसाइकुण्डका लागि उड्ने तयारीमा […]

१५ चैतदेखि त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा मात्र खुल्ने

१२ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको छ । यसका लागि अगि्रम मिति समेत तय भएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुनेछ । अहिले विमानस्थल दैनिक २१ घण्टा चलिरहेको छ । तर, उडान-अवतरणमा अपेक्षित चाप […]

विमानस्थल सुरक्षामा अब छुट्टै प्रहरी युनिट बनाउने तयारी

२ मंसिर, काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि छुट्टै प्रहरी युनिट बनाउने तयारी थालेको छ । यसका लागि छलफल अगाडि बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । मंगलबार त्रिभुवन विमानस्थलमा निर्मित सुरक्षाकर्मीको स्थायी आवासगृह भवन उद्घाटन गर्दै मन्त्री भट्टराईले ‘विमानस्थल सुरक्षा प्रहरी’ भनेर छुट्टै युनिट बनाउन गृह, […]

त्रिभुवन विमानस्थलमा ३५० सुरक्षाकर्मी अट्ने स्थायी आवासगृह तयार

२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय ५० जना सुरक्षाकर्मी अट्ने आवासगृह संचालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आवास गृहको मंगलबार उद्घाटन गरेका छन् । अब विमानस्थलको सुरक्षामा खटिने सुरक्षाकर्मीले विमानस्थलभित्रै स्तरीय आवास सुविधा पाउने भएका छन् । यसअघि विमानस्थलमा अस्थायी संरचना बनाएर सुरक्षाकर्मीलाई राखिएको थियो । […]

त्रिभुवन विमानस्थलमा सकिए चार आयोजनाको काम

३० भदौ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एकैपटक चार आयोजनाको निर्माण सम्पन्न भएको छ । यी आयोजनाको मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्घाटन गरे । विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३०० मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पाकिङ्ग स्थल, नयाँ अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्क वे’ र […]

शुक्रबार विदेशबाट फर्किए ६५१ नेपाली

१९ भदौ, काठमाडौं । शुक्रबार विदेशबाट  ६५१ जना नेपाली घर फर्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयकाअनुसार आज हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट १५६ जना नेपालीलाई काठमाडौं ल्याएको छ । शुक्रबार कोरियन एयरले सिओलबाट १९८ जनालाई ल्याएर काठमाडौं आएको छ । यो जहाज र्फकदा ४ जना गएका छन् । हिमालय एयरलाइन्सको जहाजले दोहाबाट १४५ जनालाई घर फर्काएको छ […]

सोमबार विदेशबाट ४०९ जना नेपाल फर्किए, ४ जनाको शव पनि आयो

१५ भदौ, काठमाडौं । सोमबार विदेशबाट ४ सय ९ जना नेपाली नागरिक घर फर्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सोमबार हिमालय एयरलाइन्सले अबुधावीबाट १ बच्चासहित १ सय ५५ जना नेपाली घर फर्किएका छन् । उता, नेपाल एयरलाइन्सले भने दुबईबाट २ सय ५४ जना नेपालीलाई घर ल्याएको छ । यो उडानबाट ४ वटा शवसमेत नेपाल […]

काबुलबाट यूएनका दुई जहाज मंगलबार नेपाल आउने

२६ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघका दुई जहाज मंगलबार काठमाडौं आउने भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यूएन चार्टर्डका दुई जहाज काबुलबाट काठमाडौं आउन लागेका हुन् । विमानस्थल कार्यालयका अनुसार मंगलबार कोलम्बियाबाट समेत एक जहाज काठमाडौं आउने भएको छ । कोलम्बियाको लाँमेई एयरलाइन्सको जहाज काठमाडौं आउन लागेको छ । मंगलबार हिमालय एयरलाइन्सको जहाज कुनमिङबाट […]

विदेशबाट बिहीबार एकै दिन घर आए १४६६ नेपाली

२२ साउन, काठमाडौं । बिहीबार विभिन्न मुलुकबाट एकैदिन १४६६ जना नेपाली काठमाडौं आएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहीबार एक दर्जन उडानबाट यो संख्यामा नेपाली घर फर्किएका हुन् । बिहीबार हिमालय एयरलाइन्सले दमामबाट १५४ जना नेपालीलाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले रियादबाट २५९ नेपालीलाई काठमाडौं  ल्याएको छ । हिमालयले दोहाबाट १ सय ५७ […]

मंगलबार १२१५ जना नेपाल आए, ५६ जना विदेशिए

२० साउन, काठमाडौं । त्रिभुवन विमानस्थलमा मंगलबार १२ अन्तराष्ट्रिय उडान-अवतरण सम्पन्न भए । मंगलबार कुल १२१५ जना यात्रु काठमाडौं अवतरण गरे । ५६ जना यात्रु भने विदेश उडेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मंगलबार हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट १५३ जना नेपालीलाई स्वदेश फर्काएको छ । सोही कम्पनीको जहाजले दोहाबाट १५३ जनालाई काठमाडौं ल्याएको छ । […]

त्रिभुवन विमानस्थलले दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने

७ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गतेदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए । उनले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले […]

मंगलबार ७७९ जना नेपाली घर फर्किए

६ साउन, काठमाडौं । मंगलबार चार्टर्ड उडानमार्फत ७७९ जना नेपाली घर फर्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मंगलबार कुल ११ उडान-अवतरण भएका छन् । त्यसमध्ये हिमालय एयरलाइन्सले दमामबाट २१४ यात्रु लिएर काठमाडौं आएको छ । हिमालयले रियादबाट १ सय ४८ जनालाई घर फर्काएको छ । यो जहाज रियाद उड्ने बेला एक जना यात्रु थिए […]

बिहीबार १२ उडान-अवतरण, ५८६ नेपाली घर फर्किए

१ साउन, काठमाडौं । बिहीबार त्रिभुवन विमानस्थलबाट एकदर्जन उडान अवतरण भएका छन् । त्यसमध्ये ४ वटा गन्तब्यबाट ५८६ जना नेपाली घर फर्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले दुबईबाट १ सय ५१ जना नेपालीलाई घर ल्यायो । नेपाल एयरलाइन्सले दुबईबाट १४३ जना नेपालीलाई काठमाडौं अवतरण गराएको छ । हिमालय एयरलाइन्सले आबुधावीबाट दुई जहाजबाट […]

आज कार्गो लिएर आए दुई जहाज, मंगलबार चारवटा उडान-अवतरणको तालिका

२९ असार, काठमाडौं । दुई दिनका लागि नेपालीहरुको उद्धारको काम रोकिएको दिन सोमबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुई कार्गो जहाज अवतरण भए । त्रिभुवन विमानस्थल कार्यालयकाअनुसार सोमबार श्रीलंकन एयरलाइन्सको जहाज कोलम्बोबाट काठमाडौं आएको छ । यो जहाजले २४ हजार ८ सय ९१ किलो कार्गो बोकेको थियो । सोमबार नै दोहाबाट कतार एयरवेजसमेत कार्गो उडानका दौरान काठमाडौं […]

आइतबार ९८४ जना नेपाल आए, १०३ जना विदेशिए

२८ असार, काठमाडौं । आइतबार उद्दार उडानका लागि गरिएका विभिन्न चार्टर्ड उडानबाट करीव १ हजार नेपाली घर फर्किएका छन् । त्रिभुवन विमानस्थलको तथ्यांक अनुसार आइतबार ९८४ जना नेपालीलाई विभिन्न वायुसेवा कम्पनीले काठमाडौं ल्याएका छन् । नेपालबाट भने १ सय ३ जना विदेश उडेका छन् । आइतबार बहराइनबाट नेपाल एयरलाइन्सले १ सय ४४ जना नेपालीलाई काठमाडौं […]

त्रिभुवन विमानस्थलमा १० उडान–अवतरण, ९५६ यात्रु नेपाल आए

२४ असार, काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा १० वटा उडान–अवतरण भएका छन् । यी सबै चार्टर्ड उडान हुन् । अहिले विदेशमा अलपत्र नेपालीलाई विभिन्न वायुसेवा कम्पनीले नेपाल ल्याइरहेका छन् । सो क्रममा बुधबार मात्र ६ वटा जहाजले ९ सय ५६ जना यात्रुलाई काठमाडौं ल्याएका छन् । बुधबार नेपाल एयरलाइन्सले दुबईबाट १ सय ५० जना नेपालीलाई […]