+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जब त्रिभुवन विमानस्थलभित्र भल पस्यो…

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते २०:१५

२६ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा एक्कासि भल पस्दा यात्रु तथा कर्मचारीलाई सास्ती भएको छ ।

विमानस्थलको बोर्डिङ पास लिएर सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थान दुई भवन जोडिएको स्थान हो, जहाँ पानी निकासका लागि बनाइएको ढल थुनिएर भल विमानस्थलभित्र पसेको विमानस्थल प्रवक्ता सुवास झाले जानकारी दिए ।

‘एक्कासि ठूलो पानी पर्‍यो, ड्रेनेज थुनिएछ, त्यसपछि पानी विमानस्थलभित्र छिरेको देखियो । जहाँबाट पानी छिर्‍यो, यो दुई वटा भवनको ज्वाइन्ट हो,’ झाले भने, ‘त्यही स्थानबाट लिकेज भएको हो ।’

भलका कारण करिब १० मिनेट यात्रु र कर्मचारीलाई सास्ती भए पनि उडान/अवतरण तथा अन्य काममा भने असर नपरेको उनले बताए ।

यस स्थानमा नयाँ टर्मिनल बन्नु अगाडिकै ड्रेनेज रहेको र उक्त संरचनामा पानी थुनिएका कारण भित्र चुहिन हुने पुगेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?