+
+
Shares

सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने

इरानले कतारमा आक्रमण गरेपछि सोमबार रातिको उडान रद्द भएको थियो । नेपाल एयरलाइन्सको उक्त उडान आज १२ बजेका लागि तय भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते ९:४७
उडान नभएपछि विमानस्थलमा अलपत्र यात्रुहरु ।

१० असार, काठमाडौं । इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ ।

नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो ।

हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको हो ।

सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सचूना आएको थियो । त्यसपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका थिए ।

उनीहरु सोमबार राति विमानस्थलमै सुतेका थिए । राति १ बजेतिर प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो ।

रातिदेखि उडान नभएपछि यात्रुहरु भने अहिले पनि विमानस्थलमै अलमलमा परेका छन् ।

तस्वीर : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?