Comments Add Comment

नयाँ वर्ष

List Grid
अष्ट्रेलियाका प्रधानमन्त्रीले दिए नेपाली नयाँ वर्षको शुभकामना

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नेपाली नयाँ वर्षको अवसरमा अष्ट्रेलियामा तथा संसारका अन्य स्थानहरुमा बसोबास गर्ने नेपालीहरुलाई शुभकामना दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मरिसनले अष्ट्रेलियामा तथा संसारका नेपाली समुदायलाई शान्ति र सुरक्षाको कामना गर्दै नयाँ वर्षको शुभकामना दिएका हुन् । ‘नयाँ वर्षको उत्सव अष्ट्रेलियाको फराकिलो समुदायलाई नेपालको अद्भूत सँस्कृतिका बारेमा […]

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

१ वैशाख, काठमाडौं । आजबाट बिक्रम संवत् २०७८ को नयाँ वर्ष शुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने […]

म्यानमारका प्रदर्शनकारीले नयाँ वर्ष नमनाउने, प्रदर्शन जारी राख्‍ने

३१ चैत, काठमाडौं । म्यानमारमा सैन्य कूविरुद्ध प्रदर्शन गर्दै आएका प्रदर्शनकारीले मुलुकको पाँच दिने नयाँ वर्ष नमनाउने निर्णय गरेका छन् । उनीहरुले यसपटक थिंज्ञान नयाँ वर्ष नमनाउने निर्णय गरेका हुन् । सामान्यतया यो नयाँ वर्ष प्रार्थना, सांस्कृतिक रुपमा बुद्धको मूर्ति सफा गरेर र सडकहरु सफा गरेर मनाइन्थ्यो । तर यसवर्ष सेनाविरुद्धको प्रदर्शन जारी रहेकाले नयाँ […]

थारुको नयाँ वर्ष ‘सिरुवा’लाई लक्षित गरी म्युजिक भिडियो सार्वजनिक

२७ चैत, काठमाडौँ । आदिवासी थारु समुदायको नयाँ वर्ष  ‘सिरुवा’लाई लक्षित गर्दै  ‘येलै येलै रे सिरुवा’ बोलको नयाँ म्‍युजिक भिडियो सार्वजनिक भएको छ । थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीले टीएफसीए नेपाल युट्‍युब च्‍यानलमार्फत ‘सिरुवा’को पूर्वसन्ध्यामा उक्त म्‍युजिक भिडियो सार्वजनिक गरेको हो । सुनिल चौधरीको शब्द रचना रहेको उक्त गीतमा सुनिल चौधरी स्वयले पनि गाएका […]

नयाँ वर्षका अनौठा परम्पराः रङ्गीचङ्गी अण्डरवेयर लगाउनेदेखि प्लेट फुटाउनेसम्म

नयाँ वर्ष सन् २०२१ शुक्रबार सुरु भयो । कोरोना भाइरस महामारीका बीच दुनियाँभर हर्सोल्लासका साथ नयाँ वर्षको स्वागत गरियो । नयाँ वर्ष मनाउने तरिका फरक फरक छन् दुनियाँका विभिन्न देशमा । कतिपय देशमा मानिसहरुले नयाँ वर्षको दिन झ्यालबाट पूराना सोफा तथा कुर्सीहरु फ्याँक्छन् त कहीँ खाना खाने प्लेट फुटाउँछन् । दुनियाँका विभिन्न देशमा रहेका नयाँ […]

नयाँ वर्ष सन् २०२१ सुरु

१७ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष […]

नेपाल संवतको नयाँ वर्ष ११४१ सुरु

१ मंसिर, काठमाडौं । नेपाल संवतको नयाँ वर्ष ११४१ आजबाट सुरु भएको छ । नेपाल संवतको नयाँ वर्षमा काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो उल्लास छैन । राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय […]

नयाँ वर्ष सुरु भयो, भेटिएन भित्तेपात्रो

२ वैशाख, काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ सुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चाङ्ग) माघ पहिलो साता नै बजारमा आइसके पनि बन्दाबन्दी सुरु हुनुअघि भित्तेपात्रो बजारमा यथेष्ट मात्रा आइसकेको थिएन । बजारमा आउन लागेका भित्तेपात्रोलाई पनि कोरोनाको त्रासले प्रभाव पारेको थियो । […]

अंग्रेजी नयाँ वर्षमा पोखराका ठूला होटल भरिभराउ

१६ पुस, पोखरा । अंग्रेजी नयाँ वर्षमा पोखराका ठूला होटलहरु पर्यटकले भरिएका छन् । अंग्रेजी नयाँ वर्ष पोखरामा मनाउनका लागि आन्तरिक तथा बाहृय पर्यटक ठूलो मात्रामा पोखरा भित्रिएपछि पोखराका होटलहरु भरिभराउ भएका हुन् । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराले पोखरा सडक महोत्सव आयोजना गरेपछि महोत्सवमा सहभागि हुन आउने पर्यटकको संख्या […]

नयाँ वर्ष मनाउन सौराहामा पर्यटक भरिभराउ

३० चैत, चितवन । पर्यटकीय क्षेत्रमा नयाँ वर्ष भन्नेबित्तिकै अंग्रेजी नयाँ वर्षलाई लिने गरिन्थ्यो । अंग्रेजी नयाँ वर्षमा अन्तरिक र बाह्य पर्यटकले यहाँका होटल तथा रिसोर्ट भरिभराउ हुन्थे । पर्यटन व्यवसायीलाई पनि पर्यटक भनेपछि विदेशीमात्रै लाग्ने गर्थ्यो । अहिले अवस्था त्यस्तो छैन । पछिल्ला वर्षहरुमा विसंको पहिलो दिन वैशाख १ गते नयाँ वर्ष मनाउनेहरु आन्तरिक […]

नयाँ वर्षको दिन भोलि नारायणगढ मुग्लिन सडक बन्द नहुने

३०, चैत्र, चितवन । निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्ड नयाँ बर्षको दिन शनिवार (भोलि) खुल्ला रहने भएको छ । हरेक दिन बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म बन्द गरे निर्माण भैरहेको सडक शनिबार दिनभरी खुल्ला रहने आयोजनाका सूचना अधिकारी शिव खनालले अनलाइनखबरलाई जानकारी दिए । ‘नयाँ बर्षको दिन सवैलाई आवातजातवमा सहज होस् भनेर बन्द नगर्ने निर्णय […]

यस्तो देखियो नयाँ वर्षको झुल्के घाम (फोटो फिचर)

१ बैशाख, काठमाडौं । नयाँ वर्षमा सबैमा बेग्लै उत्साहको सञ्चार हुन्छ । नयाँ कामको योजना बनाउने र संकल्पसहित अगाडि बढ्नको लागि धेरैले यही समय रोज्छन् । नयाँ वर्ष भन्ने बित्तिकै वर्षको पहिलो दिनको सूर्योदयको विशेष महत्व रहने गर्छ । वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्दै आफूमा उत्साह भर्नेहरु प्रशस्त हुन्छन् । सूर्योदय हेर्नकै लागि इलामको श्रीअन्तु […]

बर्मादेखि श्रीलंकासम्मः जहाँ वैशाखमा नयाँ वर्ष मनाइन्छ

वैशाख १ लाई नयाँ वर्षका रुपमा राज्यले औपचारिक मान्यता दिएको देश सम्भवतः विश्वमै नेपाल मात्र हो । तर, नेपालबाहेक पनि अन्य विभिन्न देशको संस्कृतिमा वैशाख १ र आसपासलाई नयाँ वर्षको रुपमा मनाउने प्रचलन रही आएको छ । यदि हामीले उचित नीति र योजना बनाएर अघि बढ्ने हो भने वैशाख १ लाई नयाँ वर्षको रुपमा मनाउने […]