Comments Add Comment

पश्चिम बंगाल

List Grid
पश्चिम बंगालमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या १७ पुग्यो

२२ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनको नतिजा आएपछि गत आइतबारदेखि हिंसा भड्किएको छ । पछिल्लो २४ घण्टामा पश्चिम बंगालका विभिन्न थप ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यससँगै यो हिंसामा परी मृत्यु हुनेको संख्या १७ पुगेको हो । मृत्यु हुनेमा नौ जना आफ्ना कार्यकर्ता रहेको भारतीय जनता पार्टी (भाजपा)ले […]

भारतको पश्चिम बंगालमा बनर्जीले लिइन् तेस्रोपटक मुख्यमन्त्रीको शपथ

२२ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगालमा ममता बनर्जी लगातार तेस्रोपटक मुख्यमन्त्री बनेकी छिन् । उनले बुधबार मुख्यमन्त्री पदको शपथ लिएकी हुन् । पश्चिम बंगालका राज्यपाल जगदीप धनखडले उनलाई मुख्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् । बनर्जी भारतकी एक्ली महिला मुख्यमन्त्री हुन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई ध्यानमा राख्दै यसपटक बनर्जीको शपथ ग्रहणमा निकै कम […]

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण

२७ फागुन, काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि बुधबार आक्रमण भएको छ । पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणको क्रममा केही अज्ञात मानिसले उनलाई धक्का दिएको बताएका छन् । यसैबीच ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसले आफ्नो नेतामाथि भएको आक्रमणको विरोधमा आफ्नो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित […]

भारतमा मन्त्रीमाथि पेट्रोल बम प्रहार, अवस्था गम्भीर

६ फागुन, काठमाडौं । भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ । मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका […]

हात्ती आतंक रोक्न नेपालले सीमामा विद्युतीय तारबार गर्दा बंगाल सरकार रुष्ट

३१ जेठ, काठमाडौं । सीमा क्षेत्रमा हात्ती भगाउन नेपाली पक्षले विद्युतीय तारबार लगाउँदा भारतको पश्चिम बंगाल सरकार रुष्ट भएको छ । उसले विद्युतीय तारबारको विरोध गरेको छ र भारतको केन्द्र सरकारलाई पत्र लेखेर यो विषय नेपालसमक्ष उठाउन माग गरेको छ । जंगली हात्तीले विध्वंश मच्चाएपछि मेची नदी किनारमा नेपालले झण्डै १८ किलोमिटर विद्युतीय तारबार लगाएको […]

पश्चिम बंगालमा कम्युनिष्ट र कांग्रेसको ‘दोस्ती’

१६ वैशाख, काठमाडौं । नेपालसँग सीमाना जोडिएको भारतको पश्चिम बंगालसहित पाँच राज्यमा यतिबेला विधानसभा चुनावको सरगर्मी बढिरहेको छ । यसक्रममा भारतीय कम्युनिष्टहरु दुईवटा राज्यमा आफ्नो गुमेको सत्ता फर्काउने रणनीतिमा छन् । बुधबार कोलकातामा कांग्रेस नेता राहुल गान्धी र कम्युनिष्ट नेता एवं पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्य एउटै मञ्चमा देखिए । यो दृश्यले बंगालमा मात्रै होइन, दिल्लीमा पनि […]