+
+
Shares

प्रधानमन्त्रीले झालमुरी खाएको झाड़ग्राममा पनि ‘कमल’ बलियो

चुनावी प्रचारका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले झालमुढी खाएर चर्चामा रहेको झाड़ग्राम सिटमा भाजपाका लक्ष्मी कान्त सावले करिब ८ हजार मतान्तरले अग्रता लिइरहेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १३:३२

२१ वैशाख, काठमाडौं । पश्चिम बङ्गाल विधानसभा निर्वाचनको मतगणना जारी रहँदा सुरुवाती रुझानमा भारतीय जनता पार्टी (भाजपा) ले सत्तारुढ तृणमूल कांग्रेस (टीएमसी)लाई पछि पार्दै अग्रता लिएको छ।

चुनावी प्रचारका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले झालमुढी खाएर चर्चामा रहेको झाड़ग्राम सिटमा भाजपाका लक्ष्मी कान्त सावले करिब ८ हजार मतान्तरले अग्रता लिइरहेका छन्।

सावले २९ हजार ८ सय ८२ मत प्राप्त गर्दा टीएमसीका मंगल सारेन उनलाई पछ्याइरहेका छन्। २९४ सिटमध्ये धेरैजसोमा भाजपाको यो सुरुवाती पकड देखिए पनि मतगणनाका थुप्रै चरणहरू बाँकी रहेकाले नतिजा फेरबदल हुन सक्ने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?