२१ वैशाख, काठमाडौं । भारतका पश्चिम बंगाल, असम, तमिलनाडु, केरल र पुडुचेरी विधानसभा चुनावको मतगणना जारी छ ।
मतगणनाको सुरुवाती रुझानले पश्चिम बंगालमा तृणमूल कांग्रेस र भारती जनता पार्टी (भाजपा) गठबन्धनबीच कडा प्रतिस्पर्धा देखाएको छ ।
पश्चिम बंगालमा २९ अप्रिलमा भएको मतदान भएको थियो ।
पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सीटका सबै २८५ मतदान केन्द्रमा भने फेरि भोटिङ हुने भएको छ । न्यूज एजेन्सी पीटीआईका अनुसार २९ अप्रिलमा भएको मतदानमा ‘गम्भीर गडबडी’ भएको र लोकतान्त्रिक प्रक्रियालाई बिगार्ने घटना भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले फेरि मतदानको आदेश दिएको हो ।
राजनीतिका लागि अहम् मानिने यस चुनावका कारण भारतीय शेयर बजारमा पनि हलचल देखिन सुरू भएको छ ।
विधानसभा चुनावको रुझानले नतिजा थप स्पष्ट भएसँगै शेयर बजारमा अझै हलचल देखिन सक्ने बीबीसीले विश्लेषकहरूको हवाला दिँदै समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया 4