News Summary
Generated by OK AI. Editorially reviewed.- पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सीटमा २१ मेमा पुनः मतदान हुने निर्वाचन आयोगले निर्णय गरेको छ।
- निर्वाचन आयोगले २९ अप्रिलको मतदानमा गम्भीर गडबडी र मतदातालाई डर धम्की दिइएको रिपोर्ट पाएपछि पुनः मतदान आदेश दिएको हो।
- निर्वाचन आयोगले सुरक्षा प्रबन्ध कडा गर्न, भिडियो रेकर्डिङ गर्न र आफैं निगरानी गर्न निर्देशन दिएको छ।
२० वैशाख, काठमाडौं । पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सीटका सबै २८५ मतदान केन्द्रमा फेरि भोटिङ हुने भएको छ । निर्वाचन आयोगले २१ मेमा फेरि भोटिङ गराउने निर्णय गरेको हो ।
न्यूज एजेन्सी पीटीआईका अनुसार २९ अप्रिलमा भएको मतदानमा ‘गम्भीर गडबडी’ भएको र लोकतान्त्रिक प्रक्रियालाई बिगार्ने घटना भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले फेरि मतदानको आदेश दिएको हो ।
आयोगले यो निर्णय मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी र निर्वाचन पर्यवेक्षक लगायतको रिपोर्ट हेरेर पुन: निर्वाचन गर्नुपर्ने निर्णयमा पुगेको हो ।
पर्यवेक्षकहरुको रिपोर्टमा ‘मतदाताहरुलाई डर धम्की दिइएको र बुथहरुमा गैरकानुनी उपस्थिति जस्ता घटना देखिएको उल्लेख छ ।
त्यसैले आयोगले फल्टा विधानसभा सिटका सबै मतदान केन्द्रमा २१ मईको दिन बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म पुन: मतदान गर्न निर्देशन दिएको बीबीसी हिन्दीले जनाएको छ ।
पुन: गडबडी हुन नदिन पर्याप्त सुरक्षा प्रबन्ध मिलाउन, चुनाव प्रक्रियाभर भिडियो रेकर्डिङ गर्न र आफैंले पनि निगरानी गर्न आयोगले भनेको छ ।
निर्वाचनपछि मतगणना २४ मेदेखि सुरु गर्ने तयारी छ ।
२३ अप्रिल र २९ अप्रिलमा भएका विधानसभा निर्वाचनको नतिजा भने ४ मेको दिन सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया 4