Comments Add Comment

पाकिस्तान सुपर लिग

List Grid
पाकिस्तान सुपर लिगको बाँकी २० खेल यूएईमा हुने

७ जेठ, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को छैटौं संस्करणका बाँकी खेलहरु यूएईमा हुने भएको छ । यूएई सरकारले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को प्रस्तावलाई स्वीकृत गरेपछि यस संस्करणको बाँकी २० खेल यूएईको अबुधाबीमा हुने भएको हो । यसअघि पाकिस्तानकै कराँचीमा भएको प्रतियोगिता कोभिड-१९ का कारण स्थगित गरिएको थियो । कराँचीमा फेब्रुअरी २० मा सुरु […]

पाकिस्तान सुपर लिगको बाँकी खेल जुनमा गर्ने तयारी

२८ फागुन, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेट २०२१ को बाँकी खेलहरु आगामी जुनबाट गर्ने तयारी भएको छ । पाकिस्तान क्रिकेट बोर्डले सहभागी फ्रेन्चाइजसँग छलफलपछि प्रतियोगिताको बाँकी खेल जुनबाट सुरु गर्ने निर्णय गरेको हो । खेलहरु कराँचीमा हुनेछ । खेलाडी र स्टाफमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि दुई साता अघि प्रतियोगिता स्थगित गरिएको थियो । […]

पाकिस्तान सुपर लिग अनिश्चितकालका लागि स्थगित

२१ फागुन, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । सात जनामा कोभिड-१९ पोजेटिभ देखिएपछि पाकिस्तान क्रिकेट बोर्डले बिहीबार पीएसएल अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएको हो । सहभागी फ्रेन्चाइज मालिकसँग छलफलपछि खेलाडी र लिगमा सहभागी अन्य व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राख्दै लिग तत्कालका लागि स्थगित गरिएको बोर्डले जनाएको […]

पीएसएलको कुनै पनि टिममा नेपाली क्रिकेटर अटाएनन्

काठमाडौं ।  पाकिस्तान सुपर लिग (पीएसएल) का कुनै पनि फ्रेन्चाइज टिमले नेपाली खेलाडीलाई अनुबन्ध गरेनन् । लेग स्पीनर सन्दीप लामिछाने, कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्कासहित  १० नेपाली खेलाडी ड्राफ्टमा समावेश भएका थिए । सन्दीप सबैभन्दा महँगो क्याटेगोरी प्लाटिनमा थिए भने अरु ९ खेलाडी सिल्भर क्याटेगोरीमा थिए । तर आइतबार लाहोरमा भएको ड्राफ्टमा कुनै पनि फ्रेन्चाइजले […]

कराची किंग्सले जित्यो पीएसएल उपाधि

३ मंसिर, काठमाडौं  । कराची किंग्सले पहिलो पटक पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै कराचीले पाँचौ संकरणको उपाधि जितेको हो । बाबर अजामले कप्तानी इनिङस खेल्दै अर्धशतक प्रहार गरेपछि कराचीले १३५ रनको लक्ष्य १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो […]

सन्दीपले लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग खेल्ने

४ मंसिर, काठमाडौं । सन्दीप लामिछानेले लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग खेल्ने भएका छन् । मंगलबार भएको अक्सनमा लाहोरले सन्दीपलाई बोली लगाएको हो । सन्दीपले न्युनतम ५० हजार डलर पारिश्रमिक पाउने छन् । नेपाली लेग स्पिनर सन्दीपले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटबाट विदेशी लिगमा खेल्न सुरुवात गरेका थिए । त्यसयता सन्दीपले लगातार विदेशी लिग खेलिरहेका […]

एबी भिडिलियर्सले पाकिस्तान सुपर लिग खेल्ने

काठमाडौं । दक्षिण अफ्रिकाका लेजेन्ड एबी भिडिलियर्सले अर्को वर्ष पाकिस्तान सुपर लिग खेल्ने भएका छन् । पीसीएलले यसको औपचारिक घोषणा गरेको हो । पीसीएलका लागि यो महत्वपूर्ण मानिएको छ । लिग खेल्न आफू आतुर रहेको भन्दै भिडिलियर्सले भिडियो सन्देशमा भनेका छन्, ‘पाकिस्तान सुपर लिग विश्वकै शीर्ष टी-२० लिगको रुपमा विकास भएको छ र पछिल्ला वर्षहरुमा […]