+

पाकिस्तान सुपर लिग मे १७ देखि पुन: सुरु हुने

२०८२ वैशाख  ३१ गते ७:४५ २०८२ वैशाख ३१ गते ७:४५
पाकिस्तान सुपर लिग मे १७ देखि पुन: सुरु हुने

३१ बैशाख, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट यही मे १७ देखि सुचारु हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) पीएसएल मे १७ देखि फेरि सुरु हुने मंगलबार राति जनाएको छ ।

पीसीबीले भारत–पाकिस्तान सीमा क्षेत्रमा तनाव बढेपछि पीएसएलका खेलहरु स्थगित गरेको थियो । यसअघि पीसीबीले पीएसएलका बाँकी आठ खेल युएईमा लगेर खेलाउने योजना बनाएको थियो । तर युएईले यसमा सहमति नजनाएपछि पीएसएल अनिश्चितकालका लागि स्थगित भएको थियो ।

पीसीबीका अध्यक्ष मोहसिन नाक्भीले मंगलबार एक्समा एक पोष्ट गर्दै मे १७ देखि पीएसएल फेरि सुरु हुने र मे २५ मा फाइनल हुने जानकारी गराएका थिए ।

पीएसएलमा अब लिग चरणका ४ र प्लेअफ चरणका ४ खेल बाँकी छ । लिग चरणका बाँकी खेल रावलपिण्डी र प्लेअफसहित फाइनल खेल लाहोरमा हुनेछ ।

भारत–पाकिस्तान सीमा क्षेत्रमा तनावकै कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) पनि मे १७ देखि नै फेरि सुरु हुँदैछ ।

पाकिस्तान सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय