२४ पुस, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टअन्तर्गत सिल्भर क्याटेगोरीमा नेपालका ६ खेलाडी समावेश भएका छन् ।
पाकिस्तान सुपर लिगले सोमबार सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा सिल्भर क्याटेगोरीमा गुल्सन झा, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् ।
आगामी सिजनको पीएसएलको लागि फाइनल ड्राफ्ट आगामी जनवरी १३ मा हुँदैछ । पीएसएल २०२५ आगामी अप्रिल-मे महिनामा हुनेछ ।
पीएसएलको गोल्ड र प्लाटिनम क्याटेगोरीको खेलाडी सूची भने सार्वजनिक भएको छैन । यसअघि सन्दीप लामिछाने प्लाटिनम तथा गुल्शन झा गोल्ड क्याटेगोरीमा थिए ।
अघिल्लो संस्करणबाट नेपालबाट १० खेलाडी ड्राफ्टमा रहेकामा सबै अनसोल्ड रहेका थिए ।
प्रतिक्रिया 4