News Summary
Generated by OK AI. Editorially reviewed.- दीपेन्द्रसिंह ऐरी सम्मिलित इस्लामाबाद युनाइटेडले पाकिस्तान सुपर लिग २०२६ मा पहिलो खेल खेल्दै छ ।
- इस्लामाबाद युनाइटेडले शनिबार मुल्तान सुल्तान्ससँग खेल्दै छ, खेल नेपाली समयअनुसार पौने ८ बजे सुरु हुनेछ ।
- पीएसएल २०२६ दर्शकबिना लाहोर र कराँचीमा मात्र हुँदैछ ।
१४ चैत, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित इस्लामाबाद युनाइटेडले पाकिस्तान सुपर लिग (पीएसएल) मा आज पहिलो खेल खेल्दै छ ।
इस्लामाबादले शनिबार मुल्तान सुल्तान्ससँग खेल्दै छ । खेल बेलुकी नेपाली समयअनुसार पौने ८ बजेदेखि सुरु हुनेछ ।
इस्लामाबादको कप्तानमा पाकिस्तानी अलराउन्डर शादाब खान छन् । मुल्तानको कप्तानी अस्ट्रेलियाका स्टिभ स्मिथले गर्नेछन् ।
उनलाई इस्लामावादले ६० लाख पाकिस्तानी रुपैयाँ (करिब ३१ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको थियो ।
प्रतियोगिताका लागि दीपेन्द्र पाकिस्तान पुगिसकेका छन् । पश्चिम एसियाको तनावका बीच दीपेन्द्र काठमाडौंबाट दुबई हुँदै पाकिस्तान पुगेका थिए ।
पाकिस्तान सुपर लिग (पीएसएल) २०२६ यसपटक दर्शकबिना खेलाइएको छ । पश्चिम एशियामा जारी संकटका कारण प्रतियोगिता केवल लाहोर र कराँचीमा मात्रै भइरहेको छ ।
प्रतिक्रिया 4