Comments Add Comment

फ्रान्स

List Grid
आफ्ना नागरिकलाई पाकिस्तान छाड्न फ्रान्सको आग्रह

३ वैशाख, काठमाडौं । पाकिस्तानस्थित फ्रान्सेली दूतावासले पाकिस्तानमा रहेका फ्रान्सका नागरिक तथा कम्पनीलाई अस्थायी रुपमा मुलुक छाड्न आग्रह गरेको छ ।  फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा दक्षिणपन्थी पार्टीले गरेको आन्दोलन हिंसात्मक बनेसँगै दूतावासले यस्तो आग्रह गरेको हो । फ्रान्सेली दूतावासका एक अधिकारीले दूतावास खुला रहे पनि केही कर्मचारी फ्रान्स फर्किने जानकारी […]

फ्रान्समा चार हप्तासम्म लकडाउन घोषणा, विद्यालय पनि बन्द

१९ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले शनिबारदेखि देशभर चार हप्ताका लागि लकडाउन घोषणा गरेका हुन् । टेलिभिजनमा प्रसारित एक सन्देशमा राष्ट्रपति म्याक्रोले लकडाउनको अवधिमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने बताए । साथै मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न उनले बताए । […]

विश्वकप छनोट : आत्मघाती गोल गर्दा फ्रान्स घरेलु मैदानमै बराबरीमा रोकियो

१२ चैत काठमाडौं । फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा फ्रान्स युक्रेनसँग घरेलु मैदानमै बराबरीमा रोकिएको छ । प्रेसनल किम्पेम्बेले दोस्रो हाफमा आत्मघाती गोल गरेपछि विश्वकपकको साविक विजेता फ्रान्सले युक्रेनसँग १-१ को बराबरीमा रोकिएको हो । बराबरीपछि दुवैले समूह डी मा एक/एक अंक जोडेका छन् । स्टेड डे फ्रान्समा बुधबार राति भएको खेलमा एन्टोनी ग्रीजमनले […]

फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा जेल सजाय

१८ फागुन, काठमाडौं । फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप छ । सार्कोजी जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रपति हुन् । यो मुद्दामा उनीसँग उनका दुई वकिलहरु पनि मुछिएका छन् । सन् २०१४ मा सार्कोजीले […]

फ्रान्सको नागरिकता लिँदै बेलायती प्रधानमन्त्रीका पिता

१७ पुस, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनका पिता स्टेनली जोन्सनले फ्रान्सको नागरिकताको लागि आवेदन दिने बताएका छन् । बेलायत ईयूबाट पूर्णरुपमा बाहिरिएसँगै उनले यस्तो बताएका हुन् । फ्रान्सेली रेडियोसँगको कुराकानीमा उनले आफ्नी आमा फ्रान्समा जन्मिएको कारण आफूलाई फ्रान्सेली नागरिकको रुपमा हेर्ने गरेको स्टेनलीले बताएका छन् । ८० वर्षीय स्टेनली युरोपेली संसद्को कन्जरर्भेटिभ सदस्य भइसकेका […]

फ्रान्सले फ्रन्टलाइनमा काम गर्ने विदेशीलाई नागरिकता दिने

८ पुस, काठमाडौं । फ्रान्सले कोरोना भाइरस (कोभिड–१९) मा फ्रन्टलाइन रहेर काम गर्ने आप्रवासी नागरिकलाई छोटो बाटोबाट नागरिकता दिने निर्णय गरेको छ । फ्रान्सको गृह मन्त्रालयले कोरोनाको महामारी रोकथामको अग्रपंक्तिमा रहेर काम गर्ने मानिसहरुलाई छोटो बाटोबाट नागरिकता दिन आवेदन आह्वान गरेको छ । अहिलेसम्म यस किसिमबाट सात सय जनालाई नागरिकता प्रदान गर्ने प्रक्रिया अघि बढेको […]

फ्रान्समा घरेलु हिंसा रोक्न पुगेका तीन प्रहरीको गोली हानी हत्या

८ पुस, काठमाडौं । फ्रान्समा घरेलु हिंसाको घटना समाधानको लागि गएका तीन प्रहरीको गोली हानी हत्या भएको छ । एक महिलाले आफूमाथि घरेलु हिंसा भएको भन्दै प्रहरीसँग सहायता मागेकी थिइन् । उनलाई उद्धार गर्न पुगेको प्रहरीमाथि ४८ वर्षीय एक व्यक्तिले गोली चलाएका थिए । घटनापछि प्रहरीमाथि गोली चलाउने पुरुष पनि मृत फेला परेका थिए । प्रहरीका […]

यी १५ देशका जनताले खानपिनमा सबैभन्दा धेरै समय बिताउँछन्

डिसेम्बर महिनामा पश्चिमा मुलुकहरुमा सबैभन्दा धेरै भोज, पार्टी तथा खानपिनको माहौल हुन्छ । भलै कोरोना महामारीका कारण यो वर्ष पहिलेका वर्षहरुमा जस्तो पार्टीहरु नहोलान् तर मानिसहरु आफ्नै घरभित्र मस्त खानपान गर्न छाड्दैनन् । खानपिनको यो मामिलामा संसारको कुन देश सबैभन्दा अगाडि होला ? पछिल्लो एक तथ्यांकले युरोपेली मुलुक फ्रान्स खानपिनमा सबैभन्दा धेरै समय बिताउने मुलुक […]

फ्रान्सका राष्ट्रपति म्याक्रोँ कोरोना संक्रमित

२ पुस, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँ कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । फ्रान्सको राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार ४२ वर्षीय म्याक्रोँलाई कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ पाइएको हो । एक सरकारी अधिकारीका अनुसार अहिले पनि म्याक्रोँ कार्यकारी पदमा नै छन् र घरबाटै आफ्नो काम गरिरहेका छन् । यद्यपि अहिलेसम्म म्याक्रोँलाई […]

फ्रान्सले ल्यायो कट्टर मुस्लिमलाई लक्षित गर्दै नयाँ कानुन

२५ मंसिर, काठमाडौं । फ्रान्सको क्याबिनेटले ‘कट्टर इस्लाम’लाई लक्षित गर्दै नयाँ विधेयक पारित गरेको छ । पछिल्लो समय अतिवादीहरुले गरेको विभिन्न आक्रमणको कारण फ्रान्सले यो कदम उठाएको हो । यो विधेयकमा होम स्कुलिङ र घृणा फैलाउने अभिव्यक्तिमा रोक लगाइने उल्लेख छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों लामो समयदेखि आफ्नो मुलुकमा धर्मनिरपेक्षको बचाउ गर्दै आएका छन् […]

फ्रान्समा सुरक्षा विधेयकको विरोधमा हजारौंको प्रदर्शन

फ्रान्समा सरकारले प्रस्ताव गरेको सुरक्षा विधेयकको विरोधमा शनिबार राजधानी सहर पेरिसमा हजारौं मानिसले विरोध प्रदर्शन गरेका छन् । सरकारले ल्याउन लागेको विधेयकमा प्रहरीको फोटो तथा भिडियो खिच्नुलाई आपराधिक गतिविधि मानिने उल्लेख छ । यसले प्रेस स्वतन्त्रताको हनन हुने भन्दै विपक्षीहरुले यो विधेयकको विरोध गर्दै आएका छन् । शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको थियो […]

एक महिनाभित्र नागरिकहरुमा कोरोना खोप पुर्‍याउने फ्रान्सको तयारी

१० मंसिर, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले मंगलबार यस वर्षको अन्तिमसम्म आफ्ना नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप उपलब्ध बनाउने तयारीमा रहेको बताएका छन् । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै उनले खोप आएसँगै व्यापक मात्रामा खोप कार्यक्रम चलाइने बताएका हुन् । यद्यपि म्याक्रोँले मुलुकमा खोप लगाउनु अनिवार्य भने नगरिने बताए । अहिले युरोपका सरकारहरु एक […]

नेशन्स लिग : फ्रान्ससँग पराजित हुँदै साविक विजेता पोर्चुगल बाहिरियो

३० कात्तिक, काठमाडौं । साविक विजेता पोर्चुगललाई पराजित गर्दै फ्रान्स युइएफए नेशन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । समूह ए ३ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै फ्रान्स फाइनल फोरमा पुगेको हो । साविक विजेता पोर्चुगल भने उक्त हारपछि समूह चरणबाटै बाहिरिएको छ । पोर्चुगलको मैदानमा भएको खेलमा फ्रान्सका लागि ५२औं […]

विश्व विजेता फ्रान्स फिनल्याण्डसँग स्तब्ध

२७ कात्तिक, काठमाडौं । विश्व विजेता फ्रान्स मैत्रीपूर्ण फुटबल खेलमा फिनल्याण्डसँग पराजित भएको छ । गएराति भएको खेलमा फ्रान्स फिनल्याण्डसँग २-० ले पराजित भएको हो । सन् २०१८ को विश्वकप विजेता फ्रान्समाथि फिफा बरियतामा ५५औं स्थानमा रहेको फिनल्याण्डले ऐतिहासिक जित हात पारेको हो । फ्रान्सलाई हराउन उसैको मैदानमा मार्कुस फोसले २८औं र ओन्नी भालाकारीले ३१औं […]

फ्रान्समा फेरि आक्रमण, गोली प्रहारबाट पादरी गम्भीर घाइते

१६ कात्तिक, काठमाडौं । फ्रान्समा फेरि आक्रमण भएको छ । बन्दुक आक्रमणमा एक जना पादरी घाइते भएका छन् । अधिकारीहरुका अनुसार फ्रान्सको शहर लियोमा ग्रिक अर्थोडक्स पादरीमाथि गोली प्रहार भएको हो । गोली हानेर आक्रमणकारी भागेको थियो । प्रत्यक्षदर्शीले दिएको हुलियाको आधारमा प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । उनको साथबाट एउटा सटगन […]

फ्रान्स आक्रमण : इस्लामिक आतंकवादसँग नझुक्ने म्याक्रोँको घोषणा

१४ कात्तिक, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले बिहीबार नीस सहरको एक चर्चमा भएको चक्कु आक्रमण इस्लामिक आतंकवादी आक्रमण भएको बताएका छन् । उनले फ्रान्स आतंकवादको अगिाडि नझुक्ने बताएका हुन् । साथै उनले मानिसहरुलाई धैर्य र एकता कायम राख्न आग्रह गरेका छन् । बिहीबार नोट्रे डाम ब्यासिलिकामा एक व्यक्तिले चक्कु आक्रमण गरी दुई महिला र […]

फ्रान्सेली सामान बहिष्कार : अर्थतन्त्र कि इस्लामिक देशको आपसी लडाइँ ?

काठमाडौं । फ्रान्सविरुद्ध इस्लामिक देशहरुको असन्तुष्टि संसददेखि सडकसम्म फैलिरहेको छ । केही मुलुकले सुरु गरेको फ्रान्सका सामान बहिष्कार अभियान अहिले पाकिस्तान र इरानको संसदमा उठेको छ । कुबेत, जोर्डन र कतारको केही पसलमा फ्रान्सका सामानहरु हटाइएको छ । इस्लामिक देशको विरोध पैगम्बर मोहम्मदको कार्टुन देखाउने फ्रान्सका एक शिक्षकको हत्यापछि राष्ट्रपति इम्यानुअल म्याक्रोले दिएको अभिव्यक्तिको विषयमा […]

चक्कु आक्रमणमा फ्रान्समा कम्तीमा तीन जनाको मृत्यु

१३ कात्तिक, काठमाडौं । फ्रान्सको नीस सहरमा भएको चक्कु आक्रमणमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ । नीस सहरका मेयर क्रिस्टियन एस्ट्रोसीका अनुसार आक्रमणमा संलग्न एकजनालाई पक्राउ गरिएको छ । उनले यस किसिमको आक्रमणबाट आतंकवादी आक्रमणको संकेत पाइएको बताएका छन् । यो आक्रमण नोट्रे डाम ब्यासेलिकाको नजिकै भएको थियो । नीस भूमध्य सागरको तटस्थित दक्षिण […]

कोरोना संक्रमणको दोस्रो लहर : फ्रान्समा देशभर लकडाउन

१३ कात्तिक, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि फ्रान्स सरकारले देशभर दोस्रोपटक लकडाउन लागु गरेको छ । यो लकडाउन पूरै नोभेम्बर महिनासम्म रहने बताइएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै शुक्रबारबाट लकडाउन लागु हुने जानकारी दिए । लकडाउन अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन पाइने छैन । स्वास्थ्य क्षेत्र, […]

टर्कीका राष्ट्रपतिको अपील– फ्रान्सका उत्पादन नकिन्नू

११ कात्तिक, काठमाडौं । टर्की सरकारले फ्रान्सेली उत्पादनहरु खरिद नगर्न जनतासँग अपील गरेको छ । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले कट्टरवादी मुस्लिमलाई फ्रान्सले दमन गरेको भन्दै फ्रान्सले उत्पादन गरेका सामान नकिन्न अपील गरेका हुन् । टेलिभिजन सम्बोधनमा राष्ट्रपति एर्दोआनले भने, ‘यदि फ्रान्समा मुसलमानमाथि दमन हुन्छ भने विश्वका नेता मुसलमानको सुरक्षाका लागि अघि आउनुपर्छ ।’ फ्रान्सेली […]

फ्रान्समा एकैदिन ३० हजार बढी संक्रमित

३० असोज, काठमाडौं । फ्रान्समा बिहीबार एकै दिन ३० हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बीबीसीका अनुसार ३० हजार ६ सय २१ जना नयाँ संक्रमित एकै दिन फेला परेका हुन् । बुधबार २२ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण बढेपछि फ्रान्स सरकारले राजधानी पेरिससहित नौ शहरमा शनिबारदेखि रातिमा […]