Comments Add Comment

म्यानपावर व्यवसायी

List Grid
सरकारी अड्डामा म्यानपावर व्यवसायीको अनुगमन !

१३ माघ, काठमाडौं । वैदेशिक रोजगार कार्यालय, ताहाचलमा मंगलबार विहानदेखि भीडभाड थियो । विदेश जान श्रम स्वीकृति लिन पुगेकाहरुलाई गेटमा बसेका सुरक्षा गार्डले कागजात हेरेर मात्रै भित्र पठाउँथे । गेटको मुखमै बसेका दलालहरु सेवाग्राहीलाई आउँदा-जाँदा सोधिरहन्थे, ‘ दाइको भित्र के काम हो ?, काम भयो त ?’ मध्यान्ह १२ बजेतिर एकाएक गाडीका लस्कर आइपुगे । […]

अनुगमन र कारबाही रोक्न म्यानपावर व्यवसायीको आन्दोलन

१२ माघ, काठमाडौं । रामेछाप मन्थलीका विशाल तामाङ आइतबार वैदेशिक रोजगार विभागमा आफू ठगिएको उजुरी लिएर पुगे । ठगी गर्ने म्यानपावर कम्पनीलाई कडा कारवाही गर्दै रकम फिर्ता दिलाउन उजरीमा माग गरिएको थियो । तर, तामाङ पुग्दा विभागको मूल गेटमै म्यानपावर व्यवसायीहरुको ठूलो समूहले चर्को नारा लगाइरहेका थियो, ‘छड्के अनुगमन बन्द गर, सेवा शुल्क वृद्धि गर, […]

सेवा शुल्क बढाउनुपर्ने लगायतका २१ बुँदे माग गर्दै म्यानपावर व्यवसायी आन्दोलित

११ माघ, काठमाडौं । म्यानपावर व्यवसायीहरु विभिन्न २१ बुँदे माग राख्दै आन्दोलित भएका छन् । विभागका महानिर्देशक कुमारराज दाहाल म्यानपवर व्यवसायीको समस्या समाधानमा गम्भीर नभएको, अनुगमनका नाममा आतंक सिर्जना गर्न खोजेको भन्दै विभिन्न माग तेर्स्याएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन थालेको हो । उनीहरुले आइतबार वैदेशिक रोजगार विभाग बुद्धनगरको मूल गेटमा धर्ना दिँदै कोणसभा […]

कोरोनाको संकटमा म्यानपावरवालालाई सरकारको उपहार !

२३ चैत, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘१०० जना कामदार विदेश नपठाए लाइसेन्स नवीकरण नहुने ऐनको व्यवस्था हटाउन सहयोगको लागि कोभिड-१९ लाई धन्यवाद ।’ वैदेशिक रोजगार व्यवसायीलाई कोरोनाका कारण परेको असरबाट राहत दिने भन्दै सरकारले घोषणा गरेको प्याकेजमा वर्षमा एक सय कामदार पठाउनै पर्ने बाध्यकारी […]

प्रदेश दुई : म्यानपावर दलालका लागि उर्वरभूमि !

८ वैशाख, जनकपुर । मलेसिया जान लागेका सिराहा नगरपालिकाका मनिष महराले ‘एजेन्ट’लाई ३० हजार रुपैयाँ दिए । रकम दिएको एक बर्ष नाघिसक्दा पनि उनी विदेश जान पाएनन् । न त रकम नै फिर्ता पाए । जनकपुरधाम-२५, लोहनाका चनरदीपले पनि विदेश जान भन्दै ‘एजेन्ट’लाई ३० हजार रुपैयाँ बुझाए । तर, उनी पनि अहिलेसम्म विदेश जान पाएका […]

प्रदेश दुई : म्यानपावर दलालका लागि उर्वरभूमि !

८ वैशाख, जनकपुर । मलेसिया जान लागेका सिराहा नगरपालिकाका मनिष महराले ‘एजेन्ट’लाई ३० हजार रुपैयाँ दिए । रकम दिएको एक बर्ष नाघिसक्दा पनि उनी विदेश जान पाएनन् । न त रकम नै फिर्ता पाए । जनकपुरधाम-२५, लोहनाका चनरदीपले पनि विदेश जान भन्दै ‘एजेन्ट’लाई ३० हजार रुपैयाँ बुझाए । तर, उनी पनि अहिलेसम्म विदेश जान पाएका […]

ठगी गर्ने म्यानपावरविरुद्ध किन एउटै मुद्दा हालेन सरकारले ?

८ भदौ, काठमाडौं । वैदेशिक रोजगारीका नाममा धेरै नेपाली युवाहरु ठगिएका छन्, जसलाई सरकार र म्यानपावर व्यवसायी पनि स्वीकार गर्छन् । ठगी रोक्न भन्दै सरकारल विदश जाने युवालाई रोजगारदाताले नै फ्रि भिसा र टिकट दिनुपर्ने निर्णय पनि गर्‍यो । तर, यो निर्णय लागू गर्न सरकार र म्यानपावर व्यवसायी जिम्मेवार नहुँदा विदेश जाने युवा ठगिने क्रम […]