Comments Add Comment

यती एयरलाइन्स

List Grid
यती एयरलाइन्सले ल्यायो नयाँ वर्ष लक्षित सस्तो टिकट अफर 

३० चैत, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले नयाँ वर्ष लक्षित अफर सार्वजनिक गरेको छ । जस अनुसार निकै सस्तो मूल्यमा विभिन्न गन्तव्यमा यात्रा गर्न सकिने भएको छ । एयरलाइन्सले आफ्नो मोबाइल एप्सबाट टिकट खरिद गर्दा प्रोमो कोर्डको प्रयोगमार्फत सस्तो मूल्यमा हवाई टिकट किन्न सकिने बताएको छ । एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा […]

यतीले गर्‍यो काठमाडौं–बनारस रुटमा परीक्षण उडान

१२ चैत, काठमाडौं । यती एयरलाइन्सले काठमाडौं–बनारस–काठमाडौं रुटमा परीक्षण उडान गरेको छ । बुधबार भएको परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको कम्पनीका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार कम्पनीले दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरुमा चार्टर/नन्सेड्युल फ्लाइटको योजना बनाएको छ । यसका लागि यतीले नेपाल नागरीक उड्डयन प्राधिकरणमा केही […]

मार्चबाट यती एयरलाइन्स पूर्ण क्षमतामा सञ्चालन हुने

२८ माघ, काठमाडौं । निजी क्षेत्रमा सञ्चालित वायुसेवा कम्पनी यती एयरलाइन्सले आगामी मार्चदेखि पूर्ण क्षमतामा विमान सञ्चालन गर्ने भएको छ । कोभिड-१९ को बन्दाबन्दीपछि आन्तरिक उडानमा यतीले ३ वटा ‘एटीआर-७२’ र दुईवटा जेट स्टि्रम विमानमार्फत उडान सञ्चालन गर्दै आएको छ । कम्पनीले आगामी मार्चदेखि पाँचैवटै एटिआर विमानलाई पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको जानकारी गराएको छ […]

त्रिभुवन विमानस्थल अझै खुलेन, यात्रुहरुको विचल्ली

१७ भदौ, काठमाडौं । यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेको थियो । त्यसलगत्तै राति पौने ९ बजेदेखि विमानस्थलमा उडान अवतरण ठप्प भएको थियो । अहिले विमान हटाउने प्रयास भइरहेको छ । विमानस्थल स्रोतले दिएको जानकारीअनुसार […]

त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना, सबै यात्रु सकशुल

१६ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । भारी वर्षा भएका कारण अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर विमान घाँसे मैदानमा पुगेको छ । घटनापछि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण बन्द भएको विमानस्थल स्रोतले जनायो । विमानका यात्रु सकुसल रहेका छन् […]

चार सामाजिक संस्थालाई यती एयरलाइन्सको १२ लाख सहयोग

८ असार, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले चारवटा सामाजिक संस्थालाई आर्थिक सहयोग गरेको छ । यतीले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत चार संस्थालाई १२ लाख २४ हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग पाउनेमा संस्थाहरुमा ह्याबिट्याट फर ह्युमानिटी, द युनाइटेड मिसन टु नेपाल (यूएमएन), ब्लिंकनाउ फाउन्डेसन र वल्र्ड भिजन इन्टरनेशनल रहेका छन् । […]